यी हुन् कोरोना भाइरसका कारण ज्यान गुमाउने विश्वका १० सेलिब्रेटी | Khabarhub Khabarhub

यी हुन् कोरोना भाइरसका कारण ज्यान गुमाउने विश्वका १० सेलिब्रेटी


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्व समुदाय त्रसित छ ।

हालसम्म कोरोना भाइरसविरुद्को भ्याक्सिन पत्ता लागिसकेको छैन । वैज्ञानिकहरु अहोरात्र खटिए पनि अझै सफलता हात पार्न सकिरहेका छैनन् ।

विश्वमा हालसम्म २३ लाख ३० हजार बढी संक्रमित छन् । १ लाख ६० हजार ६ सय बढीले ज्यान गुमाइसकेका छन् । ५ लाख ९६ हजार बढी कोरोनालाई जितेर घर फर्किएका छन् ।

करिव ६ लाख मानिसले कोरोनाविरुद्धको लडाइँ जिते पनि विश्वका चर्चित अनुहारहरु जसले कोरोना विरुद्धको लडाइँ हारेका छन् । सदाका लागि जीवन गुमाएका छन् ।

केही सेलिब्रेटी, केही कलाकार तथा केही खेलाडीहरु जसले कोरोनाविरुद्धको संघर्षलाई जित्न सकेनन् । उनीहरुको मृत्युलाई सम्झिँदा कवि शिरोमणि लेखनाथ पौड्यालले लेखेको कविता ‘काल महिमा’ का पंक्ति जो कोहीको मानसपटलमा गुन्जिन्छन् सायद ।

…..राजा रन्क सबै समान उसका ,बैसम्य गर्दैन त्यो
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो ,टारेर टर्दैन त्यो
लाखौं औषध अस्त्र सस्त्र महिमा , देखेर डर्दैन त्यो
ब्याधा तुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो …।

कविताका यी पंक्तिमा उल्लेख गरिए झैँ कोरोनाले पनि विश्वका चर्चित पात्रलाई गलाएको छ  । धनी, गरिब, राजा, रैती, कलाकार, सेलीब्रेटी केही भनेको छैन ।

हलिउडका ‘क’ श्रेणीका अभिनेता टम ह्यान्क्स , पप सुपर स्टार पिन्क , वेलायतका प्रिन्स चार्ल्सदेखि  बेलायतकै प्रधानमन्त्री बोरिस जोहन्सनसम्म संक्रमित बने तर भाग्यवस उनीहरु सबै ज्यान जोगाउन सफल भएका छन् ।

तर, दुखको कुरा कोरोना भाइरस संक्रमणकै कारण विश्वले थुप्रै संगीतकार, अभिनेता, चिकित्सक, खेलाडी तथा अन्य प्रतिभाशाली व्यक्तिहरु गुमाएको छ । कोरोनाका कारण ज्यान गुमाउने विश्वका १० सेलिब्रेटी यी हुन्-

१. जोहन प्राइन

गायक तथा गीतकार ७३ वर्षिय प्राइनको ७ अप्रिलमा निधन भयो । बब डाइलन , क्रिस क्रिस्टोफर्सन तथा बोन्नी राइट जस्त हस्ती कलाकारसंग पनि काम गरेका प्राइनले पछिल्लो समय सन् २०१९ को १५ जुनमा वेलायतको म्यानचेस्टरमा आयोजित बोन्नारु म्युजिक एन्ड आर्टस फेस्टिभलमा भाग लिएका थिए ।

२. टेर्रेन्स म्यान्याल्ली

नाटककार तथा लेखक म्याकन्याल्लीले चार पटक सम्म प्रतिष्ठित टोनी अवार्ड जितेका थिए । यस अघि फोकसको क्यान्सर र मुटुको रोगबाट समेत बचेका ८१ वर्षीय उनको २४ मार्चमा कोरोनाका कारण निधन भएको हो । ‘ अमेरिकी थियटरका कवि ’ उपनाम पाएका उनका चर्चित नाटकमा ‘ किस अफ दि स्पाइडर वुमन ’ , ‘ र्‍यागटाइम ’ ,‘ लभ ! भ्यालर ! कम्प्यासन ! ’ र ‘ मास्टर क्लास ’ हुन् ।

३. एडम स्क्लेसिन्गर

स्क्लेसिन्गरले आफ्नो ब्यान्ड फाउन्टेन्स अफ वायनेसंग सन् २०११ को ५ अगष्टमा अमेरिकाको न्युयोर्क सिटीमा संगीत प्रस्तुत गरेका थिए । संगीतकार तथा गीतकार उनको ५२ वर्षको उमेरमा १ अप्रिलमा निधन भएको हो । सनु २००३ मा उनको गीत ‘ स्टासिज मोम ’ विश्वभरि हिट भएको थियो । उनले एमि अवार्ड समेत जितेका थिए ।

४. एल्लिस मार्सलिस

उनी अन्तिम पटक अमेरिकाको न्यु ओर्लियन्सको २०१९ न्यु ओर्लियन्स ज्याज एन्ड हेरिटेज फेस्टिभलमा स्टेजमा उभिएका थिए । ज्याज संगीतमा शीर्ष व्यक्तित्व उनको ८५ वर्षको उमेरमा १ अप्रिलमा निधन भएको थियो । पियानोवादक पनि रहेका उनका छोराहरु ट्रम्पेटर विन्टन , साक्साफोनिस्ट ब्रान्फोर्ड , ट्रोमवोनिस्ट डेल्फियो र ड्रमर ज्यासन पनि संगीत क्षेत्रमा समर्पित रहेका छन् ।

५. फ्लोयद कार्दोज

ब्रेभोको ‘ टप सेफ मास्टर्स ’ उपाधि जित्न सफल चर्चित भारतीय सेफ कार्दोजको ५९ वर्षको उमेरमा २५ मार्चमा निधन भएको हो । हालै नेटफ्क्सि सिरिज ‘ अग्ली डेलिसस ’ देखा परेका उनको भारतको मुम्वइमा ‘ दि बम्बे क्यान्टिन ’ र ‘ ओ पेड्रो ’ नामक दुईवटा रेस्टुरेन्ट छ । ज्वरो आएपछि उनी आफैं गएर न्युयोर्कको एउटा अस्पतालमा भर्ना भएका थिए । उनीमा कोरोना पोजेटिभ देखिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो ।

६. मार्क ब्लम

चरित्र अभिनेता ब्लम सन् १९८५ को हिट फिल्म ‘ डेस्परेट्ली सिकिंग सुसन ’ मा चर्चित गायिका म्याडोनासंग अभिनय गरी बढि चर्चामा आएका थिए । उनको ६१ वर्षको उमेरमा २५ र्माचमा निधन भएको हो । उनको निधन माम्याडोनाले इस्टागम मार्फत गहिरो समववेदना प्रकट गरेकी छन् ।

७. जोस वलवर्क

लामो समय देखि एनबीसी सिरिज ‘ ल एन्ड अर्ड : एसभियु ’ मा अभिनय गर्दै आएका वलवर्कको ४५ वर्षको उमेरमा कोरोनाका कारण मृत्यु भएको हो । उनी आफ्ना सहकर्मी माझ निकै रमाइलो गर्ने एकदम मिलनासार व्यक्तिका रुपमा परिचित थिए ।

८. जाय डिफी 

कन्ट्रि सिंगर डिफीको ६१ वर्षको उमेरमा २९ मार्चमा कोरोनाका कारण निधन भएको हो । पछिल्लो पटक सन् २०१४ को २ अगष्टमा वासिंगटनको जर्जमा आयोजित वाटरसेड म्युजि फेस्टिभलमा उनले भाग लिएका थिए । नब्बेको दशकमा उनका ‘ पिक अप म्यान , , ‘ थर्ड रक फ्रम दि सन ’ , ‘ बिगर ड्यान दि बिटल्स ’ र ‘ इफ दि डेभल ड्यान्स्ड ’ लगायत दर्जनैं गीतहरु हिट थिए ।

९. हल विल्नर

म्युजिक प्रोड्युसर तथा लामो समयदेखि ‘स्याटरडे नाइट लाइभ ’ का म्युजिक सुपर भाइजर पनि रहेका विल्नरको ६४ वर्षको उमेरमा ७ अप्रिलमा कोरोनाका कारण निधन भयाे । ११ अप्रिलको  सो कार्यक्रमको श्रृंखलामा उनी प्रति श्रद्धान्जली व्यक्त गरिएको थियो ।

१०. जे बेनेडिक्ट

जेम्स क्यामरेरानको ‘ एलियन्स ’ र क्रिस्टोफर नेलानको ‘ दि डार्क नाइट राइजिज ’ मा खेलेर निकै चर्चा बटुलेका ६८ वर्षिय अभिनेता बेनेडिक्टको ४ अप्रिलमा कोरोनाका कारण मृत्यु भएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ८ : ४२ बजे

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय