पञ्जाव पुलिसका एसीपी कोहलीको कोरोना संक्रमणबाट मृत्यु « Khabarhub

पञ्जाव पुलिसका एसीपी कोहलीको कोरोना संक्रमणबाट मृत्यु


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको पञ्जाबस्थित लुधियाना जिल्लाका सहायक प्रहरी आयुक्त (एसीपी) अनिल कोहलीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

लुधियानाको एक निजी अस्पतालमा कोरोना भाइरसको उपचारत उनको ५२ वर्षका उमेरमा शनिबार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनमा गत १३ अप्रिलमा कोरोना पोजेटिभ पाइएको थियो । शुरुमा अपोलो अस्पतालमा उपचा गराइए पनि पछि उनलाई सतगुरु प्रताप सिंह अस्पतालमा भर्ना गरिएको थियो। सोही अस्पतालमा कोहलीको शनिवार मृत्यु भएको हो ।

एसीपी कोहलीकी पत्नीलाई पनि कोरोना पोजेटिभ देखिएको छ। उनको अवस्था भने सुधारोन्मुख छ। कोहलीका चालक र उनीसँग काम गर्ने एक महिला सब इन्स्पेक्टरको उपचार भइरहेको छ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ८ : ०३ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक