अमेरिकामा १२ नेपालीको शव व्यवस्थापनमा समस्या « Khabarhub

अमेरिकामा १२ नेपालीको शव व्यवस्थापनमा समस्या


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा मृत्यु भएका १२ नेपालीको शव व्यवस्थापनमा समस्या भएको छ ।

कोरोना भाइरस र अन्य कारणले मृत्यु भएका १२ नेपालीको शव १५ दिनदेखि अस्पतालकै शवगृहमा राखिए पनि मृतकका आफन्त तथा परिवारजन सम्पर्कमा नपुगेकाले व्यवस्थापनमा समस्या भएको हो ।

कोरोना भाइरसको महामारी फैलिएको अमेरिकामा अरु कारणले मृत्यु भएका नेपालीको पनि शव बुझ्न परिवारजन सम्पर्कमा नपुगेपछि अमेरिकास्थित नेपाली दूतावासले समन्वयको प्रयत्न गरिरहेको छ ।

तर अहिलेसम्म परिवार वा आफन्तबारे केही पत्ता लाग्न नसकेकाले समस्या भएको नेपाली वाणिज्य दूतावासका कार्यवाहक कन्सुलेट पुष्प भट्टराईले जानकारी दिए ।

झण्डै दशकयता न्यूयोर्क बस्दै आएका नेपालको पूर्ख्यौली थातथलो मुस्ताङ भएका एक व्यक्तीको चैत तेस्रो साता मृत्यु भएपछि उनको शव ‘क्रोवीई’ शवगृहमा नै अलपत्र अवस्थामा छ ।

१० दिनअघि मृत्यु भएका काठमाडौंका अर्का एक नेपालीको पनि शव व्यवस्थापन हुन सकेको छैन ।

एक साताअघि घरबारबिहीनका लागि व्यवस्था गरिएको ‘सेल्टर’ मा बस्दै आएका राई थरका एक अर्का नेपालीको पनि न्यूयोर्कमै मृत्यु भएको छ । उनको शव पनि अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन ।

कोरोना भाइरसले मृत्यु भएका ६ नेपालीको शव व्यवस्थापनमा मेरिल्याण्ड राज्यमा पनि समन्वय भइरहेको दूतावासले जनाएको छ।

तर मेरिल्याण्ड राज्यले शवको व्यवस्थापनमा परिवारको अनुमती अनिवार्य गरेकाले त्यहाँ पनि समस्या भइरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ८ : ११ बजे

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९