कोरोना संक्रमित वृद्ध जोडीले ‘आईसीयू’मै मनाए विवाहको ५०औं वर्षगाँठ « Khabarhub

कोरोना संक्रमित वृद्ध जोडीले ‘आईसीयू’मै मनाए विवाहको ५०औं वर्षगाँठ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको त्रासमा विश्व छ । कोरोनाको संक्रमण फैलिएपछि विश्वका ६ लाख ३१ हजार बढी कोरोना संक्रमितहरु विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ भने यूरोपेली मुलुकमा इटालीमा बढी बढी प्रभाव देखिएको छ । हालै इटालीको एउटा तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।

कोरोना संक्रमित एक वृद्ध जोडीको तस्वीर भाइरल बनेको छ । उनीहरुले सघन उपचारक कक्ष (आईसीयू) मै आफ्नो विवाहको ५०औं वर्षगाँठ मनाएका हुन् ।

उनीहरूलाई वर्षगाँठ मनाउने व्यवस्था स्वास्थ्यकर्मीहरूले गरिदिएका थिए । ७१ वर्षीया सान्द्रा र उनका ७३ वर्षीय पति जियानकार्लोले अनुहारमा भेन्टिलेर भए पनि खाटबाट एकअर्काको हात समातेका थिए । फर्मो शहरको मुर्री अस्पतालमा यो घटना भएको हो ।

त्यस अस्पतालकी नर्स रोबर्ता फेर्रेतीले वृद्ध जोडीको ५०औं वर्षगाँठ आउन लागेको थाहा पाएपछि अन्य स्वास्थ्यकर्मीसँग मिलेर पार्टी आयोजना गरिन् । पार्टी १० मिनेट मात्र चलेको थियो । अस्पतालका कर्मचारीहरूले सुरक्षा कवच लगाएर वृद्ध जोडीलाई घेरेको र हातले प्रेमको चिह्न बनाएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : ५४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह