कोरोना संक्रमित वृद्ध जोडीले 'आईसीयू'मै मनाए विवाहको ५०औं वर्षगाँठ | Khabarhub Khabarhub

कोरोना संक्रमित वृद्ध जोडीले ‘आईसीयू’मै मनाए विवाहको ५०औं वर्षगाँठ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको त्रासमा विश्व छ । कोरोनाको संक्रमण फैलिएपछि विश्वका ६ लाख ३१ हजार बढी कोरोना संक्रमितहरु विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ भने यूरोपेली मुलुकमा इटालीमा बढी बढी प्रभाव देखिएको छ । हालै इटालीको एउटा तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।

कोरोना संक्रमित एक वृद्ध जोडीको तस्वीर भाइरल बनेको छ । उनीहरुले सघन उपचारक कक्ष (आईसीयू) मै आफ्नो विवाहको ५०औं वर्षगाँठ मनाएका हुन् ।

उनीहरूलाई वर्षगाँठ मनाउने व्यवस्था स्वास्थ्यकर्मीहरूले गरिदिएका थिए । ७१ वर्षीया सान्द्रा र उनका ७३ वर्षीय पति जियानकार्लोले अनुहारमा भेन्टिलेर भए पनि खाटबाट एकअर्काको हात समातेका थिए । फर्मो शहरको मुर्री अस्पतालमा यो घटना भएको हो ।

त्यस अस्पतालकी नर्स रोबर्ता फेर्रेतीले वृद्ध जोडीको ५०औं वर्षगाँठ आउन लागेको थाहा पाएपछि अन्य स्वास्थ्यकर्मीसँग मिलेर पार्टी आयोजना गरिन् । पार्टी १० मिनेट मात्र चलेको थियो । अस्पतालका कर्मचारीहरूले सुरक्षा कवच लगाएर वृद्ध जोडीलाई घेरेको र हातले प्रेमको चिह्न बनाएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : ५४ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको