कोरोना कोषमा जिल्ला समन्वय समिति खोटाङका पदाधिकारीको सहयोग « Khabarhub

कोरोना कोषमा जिल्ला समन्वय समिति खोटाङका पदाधिकारीको सहयोग


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ । जिल्ला समन्वय समिति खोटाङका पदाधिकारीले आफ्नो सेवा सुविधावापतको रकम ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, उपप्रमुख गोमादेवी खत्री र अन्य सात सदस्यले आफ्नो सेवासुविधावापतको एक लाख पाँच हजार रकम प्रदेश सरकारको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका हुन् ।

जिसस प्रमुख चाम्लिङले चैत महिनाको १५ दिनको २२ हजार र उपप्रमुख खत्रीले २२ हजार ५०० तथा अन्य सात सदस्यले १२ दिनको आठ/आठ हजारका दरले कोषमा रकम जम्मा गरेका हुन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा जुटेको प्रदेश सरकारको अभियानमा सघाउ पुर्‍याउन सेवासुविधावापतको रकम जम्मा गरिएको प्रमुख चाम्लिङले बताए ।

सेवासुविधावापतको रकम प्रदेश नं १ जनसुरक्षा कोषको नाममा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय विराटनगरमा खोलिएको खातामा जम्मा गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १० : ५१ बजे

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष