हावाहुरीका कारण केरा खेती गर्ने किसानलाई १ करोडको क्षति « Khabarhub

हावाहुरीका कारण केरा खेती गर्ने किसानलाई १ करोडको क्षति


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– पूर्वी चितवनमा हावाहुरीले ठूलो परिमाणमा केराखेती नोक्सान गरेको छ । भारी वर्षासहित शुक्रबार बेलुकीको आएको हावाहुरीले करिब १ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । हावाहुरीले रत्ननगर, कालिका, राप्ती नगरपालिकादेखि पिप्लेसम्मको केरा नष्ट गरेको हो । यस्तै पश्चिम चितवन क्षेत्रका केरा बारीसमेत नोक्सान भएको कृषक बताउँछन् ।

बन्दाबन्दीका कारण तयार भएको केरा बजारमा लैजान नसकेको अवस्थामा हावाहुरीले सयौँ किसानका केरा नोक्सान गरेको हो । कुन किसानको कति केरा नोकसानी भएको भन्ने यकिन तथ्याङ्क आइनसकेको केरा उत्पादक सङ्घका निवर्तमान अध्यक्ष बिष्णुहरि पन्तले जानकारी दिए । उनले सबै तथ्याङ्क आउन केही दिन लाग्ने बताए ।

अन्य अन्नबाली धान, गहुँ, तोरीलगायत खेती गर्न छाडेर बैंकबाट ऋण लिएर केराखेती थालेका कृषकलाई प्राकृतिक प्रकोपले विनास ल्याउंँदा बैंकको ब्याज कसरी तिर्ने, बालबच्चा कसरी पढाउने, मजदुरको पारिश्रमिक कसरी तिर्ने र पुनःखेती कसरी सिर्जना गर्ने भन्ने चिन्ता बढेको कृषकको दुखेसो छ ।

हावाहुरीका कारण पसाउन लागेका, पसाएका र निकाल्ने बेलाका केरामा क्षति पुगेको छ । जिल्लाकै पकेट क्षेत्र मानिएको यो क्षेत्रमा उत्पादन हुने केरा देशभरि नै खपत हुँदै आएको थियो ।

हावाहुरीकै कारण एउटै किसानको लाखौँको क्षति पुगेको छ । केही किसानले बोटको बीमा गरे पनि अधिकांश किसानले बीमा गरेका छैनन् । त्यसलै पनि अधिकांश कृषक चिन्तित छन् ।

यता रत्ननगरका केही केरा व्यवसायीले केरा नष्ट भए पनि अवलोकन गर्न समितिबाट प्रतिनिधि केराबारीमा नआएको गुनासो गरेका छन् । लकडाउनका कारण पूर्ण क्षति भएको र किसान आफैँ जान नसकेको व्यवसायी बाबुराम भट्टले बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ११ : ५२ बजे

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा- पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री