कर्णालीमा डीडीसी दूध प्रतिबन्ध « Khabarhub

कर्णालीमा डीडीसी दूध प्रतिबन्ध


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुग्ध विकास संस्थान (डिडिसी) को दूध कर्णाली प्रदेश प्रवेशमा रोक लगाइएपछि बाँके र बर्दियाका किसान प्रभावित हुन पुगेका छन् ।

दुग्ध उत्पादक किसानले बिक्री नभएर सडकमै दूध पोख्न थालेपछि बाँके, बर्दियालगायत जिल्लामा मिल्क होलिडे हटाउँदै नयाँ बजारको खोजीमा संस्थानले शुक्रबारदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रगरको औद्योगिक क्षेत्रस्थित सुर्खेत डेरीलाई दूध बेच्न लागेको थियो।

संस्थानको कोहलपुरस्थित नेपालगञ्ज दुग्ध वितरण आयोजनाबाट सुर्खेत लैजाँदै गरिएको चार हजार ७५० लिटर दूध बबईबाट प्रवेशमै रोक लगाइएको आयोजना प्रमुख योगेन्द्र साहले बताए ।

उनले प्रवेश रोक लगाएसँगै त्यसको मार किसानलाई परेको उल्लेख गरे ।

कर्णाली प्रवेशद्वार बबईमा तैनाथ सुरक्षाकर्मीले प्रदेश सरकारको दुग्धजन्य पदार्थ आयात गर्न नदिने भन्ने आदेश छ भनी रोकेको साहले बताए ।

‘स्वदेशमै उत्पादन भएको कृषि उपजलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान कतै प्रतिबन्ध लगाइएको छैन तर सुर्खेतमा बेच्न लैजाँदै गरेको दूध रोकियो’, उनले भने ।

कृषि उपज दूध तथा दुग्ध पदार्थ संकलन, ओसारपसार तथा बिक्रीवितरण निर्बाध रुपमा देशैभरि गर्न पाइने सङ्घीय सरकारको नीति, नियम र कानून छ ।

सङ्घीय सरकारको कानूनसँग बाझिने गरी कर्णाली प्रदेशले दूध तथा दुग्ध बिक्री वितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाउनु नेपालको संविधान र कानूनविपरीत रहेको साहको भनाइ छ ।

आयोजना प्रमुख साहले सुर्खेतमा दूध बिक्रीमाथि लगाइएको रोकबारे संस्थानको द्रुत कार्य समूहलाई जानकारी गराइसकिएको जानकारी दिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सहसचिव डा हरिबहादुर केसीसहित तीन सदस्यीय द्रुत कार्य समूह गठन गरेर अत्यावश्यक खाद्यवस्तुअन्तर्गत दूध ढुवानी सहज गर्न आग्रह गरिएको छ ।

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीले दूधको बिक्री वितरण प्रभावित भएपछि यहाँका दूध उत्पादक किसानदेखि दुग्ध व्यवसायी दैनिकजसो दूध पोख्न बाध्य छन् ।

यहाँको ठूलो परिमाणमा दूध सङ्कलन गरी बिक्रीवितरण गर्दै आएको संस्थानको कोहलपुरस्थित नेपालगञ्ज दुग्ध वितरण आयोजनाले बन्दाबन्दीपछि दूध सङ्कलनमा ५० प्रतिशत कटौती गरेको छ।

दुग्ध वितरण आयोजनाले दैनिक १३ हजार लिटर दूध खरीद गर्ने गरेकामा बन्दाबन्दीपछि घटाएर छ हजार लिटर सङ्कलन गर्ने गरेको आयोजना प्रमुख साहले जानकारी दिए।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १२ : २० बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको