माटोको ढिस्कोले पुरिएर १८ वर्षीया किशोरीको मृत्यु « Khabarhub

माटोको ढिस्कोले पुरिएर १८ वर्षीया किशोरीको मृत्यु


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गढवा– दाङको गढवा गाउँपालिका–७ मा माटोको ढिस्कोले पुरिएर एक किशोरीको मृत्यु भएको छ ।

गढवा गाउँपालिका–७ मानपुर बस्ने १८ वर्षीया शर्मिला परियारको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । घर लिप्न (पोत्न)का लागि माटो लिन गएकी शर्मिला माटो खन्ने क्रममा ढिस्कोमा पुरिएकी थिइन् ।

घरदेखि करिब १ किलोमिटर टाढा जंगलमा रहेको ढिस्कोमा पुरिएकी उनलाई बेहोस अवस्थामा उद्दार गरी उपचारका लागि अस्पताल पु¥याइएको थियो ।

तर, उपचारकै क्रममा उनको दाङको लमहीस्थित लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १२ : ५० बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो