लकडाउन खुल्नासाथ ‘दुई नम्बरी’ को शूटिङ शुरु हुन्छ: निर्देशक « Khabarhub

लकडाउन खुल्नासाथ ‘दुई नम्बरी’ को शूटिङ शुरु हुन्छ: निर्देशक


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण फिल्म ‘दुई नम्बरी’ को शूटिङ रोकिएको छ । ३५ दिनमा शूटिङ सकेर काठमाडौं फर्किने योजना बनाएको टिम कोरोना प्रभावका कारण बीचैमा राजधानी फर्किएको थियो ।

फिल्मको छायांकन कास्कीको घाचोकमा भइरहेको थियो । यतिबेला भने कलाकारहरु आ–आफनो घरमा होम क्वारेन्टाइनमा बसेका छन् ।

पल शाह, वर्षा राउत, भुटानी नायिका उगेन छोदेन, दयाहाङ राई लगायतका कलाकारको फिल्ममा शीर्ष भूमिका रहनेछ । पल शाहले फिल्मको सेटको एक तस्वीर हालै शेयर गरेका थिए ।

कोरोनाका कारण फिल्मको छायांकन रोकिएको थियो । निर्देशक दीपेन्द्र लामाले लकडाउन खुल्नासाथ फिल्मको छायांकनमा जुट्ने बताए ।

खबरहबको कुराकानीमा उनले भने, ‘लकडाउन खुलेको दुईचार दिनमै हामी छायांकनमा जान्छौं‌ ।’

एक गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा यो चलचित्र बन्न लागेको यो फिल्ममा पल र दयाहाङले पहिलोपटक एकसाथ साझेदारी गर्दैछन् । यो वर्ष यो वर्ष प्रदर्शन गर्ने तयारी थियो । अब भने फिल्मको रिलिज नै अन्यौलमा परेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १ : ०० बजे

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

दमौली– तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा

आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन

बगदाद- अमेरिकाको बगदादस्थित दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई

एक करोड लगानीमा भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी– रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५

ट्रम्पको भनाइको अमेरिकामै विरोध, इरानी सेनाको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो भनाइलाई लिएर देशभित्रै विरोध