भारतका ३० प्रतिशत कोरोना संक्रमित तबलिगी जमातसँग सम्बन्धित : भारतीय स्वास्थ्य मन्त्रालय « Khabarhub

भारतका ३० प्रतिशत कोरोना संक्रमित तबलिगी जमातसँग सम्बन्धित : भारतीय स्वास्थ्य मन्त्रालय


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय स्वास्थ्य मन्त्रालयले १४ हजार ३७८ जना कोरोनाभाइरस संक्रमितमध्ये चार हजार २९१ संक्रमित दिल्लीको निजामुद्दीन क्षेत्रमा सञ्चालित मर्कज समारोहसँग सम्बन्धित रहेको जनाएको छ ।

गत मार्च महिनामा भारतको राजधानी नयाँ दिल्लीमा आयोजित मर्कज समारोहमा करिब दुईहजार जना सहभागी थिए ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पत्रकार सम्मेलनको क्रममा संघ मातहातको क्षेत्रसँगै २३ राज्यमा फैलिएका मर्कजका सहभागीमा कोरोना संक्रमणको पुष्टि भएको जनाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भारतमा देखिएको संक्रमणमध्ये कुल ३० प्रतिशत संक्रमण दिल्लीको निजामुदिन मार्कजमा आयोजित तबलिगी जमात समारोहसँग सम्बन्धित रहेको मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका अधिकारी लभ अग्रवाललाई उदृत गर्दै नवभारत टाइम्सले जनाए अनुसार भारतमा संक्रमणको उच्च जोखिममा रहेको राज्यहरुमा मर्कजबाट फिर्ता भएकाको कारण संक्रमण तिब्र रुपमा फैलिएको हो ।

मन्त्रालयका अनुसार भारतमा कुल संक्रमित १४ हजार ३७८ को २९.८ प्रतिशत चार हजार २९१ जना तब्लिगि जमात समारोहमा सहभागी भएकासँग सम्बन्धित छन् ।

थोरै मात्रै संक्रमित फेला परेको राज्यमा समेत मर्कज समारोहमा सहभागीहरुबाट संक्रमण फैलिएको भारतीय अधिकारीले दाबी गरेका छन् ।
भारतको अरुणाञ्चल प्रदेशमा एकजना मात्रै संक्रमित फेला परेका छन् ।

संक्रमित मर्कजबाट फर्केका सहभागी हुन् । असाममा ३५ जनामा संक्रमणको पुष्टि भएकोमा ३२ जना मर्कजबाट फर्केका हुन् । भारतीय द्वीप अन्डोमान र निकोबारमा १२ जनामा संक्रमणको पुष्टि भएको छ । दश जना मर्कजबाट फर्केकोमा संक्रमणको पुष्टि भएको छ ।

भारतमा शनिबार पछिल्लो २४ घण्टामा ९९१ जना नयाँ संक्रमित थपिएका छन् । ४३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये एक हजार ९९२ जना निको भएर घर फर्केका छन् ।

भारतमा कोरोनाभाइरस संक्रमितमा मृत्युदर ३.३ प्रतिशत छ । १४ प्रतिशत मृत्यु ४५ वर्ष उमेर समूहमा देखापरेको छ । १०.३ प्रतिशत मृत्यु ४५ देखि ६० वर्षको उमेर समूहमा देखापरेको छ । ६० देखि ७५ वर्षको उमेर समूहमा मृत्युदर ३३.१ प्रतिशत र ७५ वर्षमाथिको उमेर समूहमा ४२.४ प्रतिशत मृत्युदर रहेको मन्त्रालयले जनाएको छ ।

मर्कज समारोहका सहभागीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि संघीय तथा राज्य सरकारले सहभागीसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्न सुरु गरेको थियो ।

भारतमा मार्च अन्तिम साता लकडाउन गरिनु अघि मर्कजका दर्जनौं सहभागी विभिन्न स्थानमा छरिएका थिए । मर्कजबाट फिर्ता भएका सहभागी परीक्षण बिना घर फर्किदा संक्रमण तिब्ररुपमा फैलिएको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।

दिल्लीस्थित निजामुद्दीन क्षेत्रमा जम्मा भएका दुई हजारमध्ये करिब पाँचसय सहभागीमा संक्रमणको पुष्टि भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १ : ४२ बजे

बाढीले कमला नदीको ‘डाइभर्सन’ बगाएपछि हुलाकी राजमार्ग अवरुद्ध

सिरहा- निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र

नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना

पेरिस- स्वास्थ्यमा समस्या आए पछि इरानका नोबेल शान्ति पुरस्कार विजेता

मुक्त कमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

कञ्चनपुर- कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले

दश बुँदे घोषणापत्र जारी गर्दै ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न

गण्डकी- पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरमा सञ्चालित ‘गाउँ पर्यटन मार्ट २०८३’