माल्दिभ्सका १८ नागरिक बोकेर ढाका उड्यो नेपाल एयरलाइन्स | Khabarhub Khabarhub

माल्दिभ्सका १८ नागरिक बोकेर ढाका उड्यो नेपाल एयरलाइन्स


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) माल्दिभ्सका १८ नागरिक बोकेर बङ्गलादेशको राजधानी ढाका उडेको छ । निगमको न्यारोबढी ए ३२० जहाजले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाकाका लागि उडान भरेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।

लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई माल्दिभ्सले निगमको जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको हो । काठमाडौँ–ढाका उडान करिब एक घण्टाको हुनेछ । ढाका पुगेर निगमको जहाज आजै स्वदेश फर्कनेछ । ढाकाबाट ती १८ मल्दिभ्सका नागरिक अर्को जहाजमार्फत गन्तव्यमा पुग्ने जनाइएको छ । पछिल्लो पटक यही वैशाख २ गते निगमको न्यारोबडी जहाजले ३४ ब्राजिलियनलाई भारतको नयाँदिल्ली पुर्‍याइदिएको थियो ।

यसअघि निगमको वाइड बडी जहाजले गत चैत १९ गते अष्ट्रेलियाको शहर ब्रेश्वनमा सिधा उडान गरेको थियो । त्यस्तै चैत २८ गते जापानको नारितामा उडान गरेको थियो । ती सबै चार्टर्ड उडान हुन् ।

निगमका दुई वाइड बडी ए३३० जहाजले गत चैत १६, २० र वैशाख ४ गते दुई गरी चार वटा कार्गो उडान गरी चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएका थिए । लकडाउनको अवधिमा निगमका अन्तर्राष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले आठ अन्तर्राष्ट्रिय उडान भरेको छ ।

यीमध्ये चार उद्धार उडान र चार कार्गो उडान हुन् । वाइड बडी बडी ए–३३० दुई र न्यारोबडी ए–३२० दुई थान जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १ : ४३ बजे

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते