ट्रम्पद्वारा सुरक्षित रुपमा व्यापार तथा व्यवसाय पुन: सञ्चालन गर्न ठोस कदम घोषणा | Khabarhub Khabarhub

ट्रम्पद्वारा सुरक्षित रुपमा व्यापार तथा व्यवसाय पुन: सञ्चालन गर्न ठोस कदम घोषणा


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले केही राज्यले “सुरक्षित, क्रमिक र चरणबद्ध रूपमा” व्यापार तथा व्यवसाय पुन: सञ्चालन गर्न ठोस कदम घोषणा गरेको बताएका छन्।

अमेरिकामा कोरोनाभाइरस फैलिन नदिन लगाइएका प्रतिबन्धहरू हटाएर अर्थतन्त्र पुन: सञ्चालन गर्न निर्देशिका जारी गरेपछि उनको यस्तो भनाइ आएको हो।

शनिवार ह्वाइट हाउसमा कोभिड-१९ बारे आयोजित दैनिक ब्रीफिङका क्रममा ट्रम्पले टेक्सस र भर्मन्टले “उपयुक्त सामाजिक दूरीका सावधानीसहित” केही व्यवसायहरू सोमवारबाट पुन: खोल्न दिने बताएका छन्।

उनले फ्लोरिडा राज्यको समुद्री तट पनि पुन: खुल्न लागेको बताए।

ब्रीफिङकै क्रममा उनले भाइरसले आफ्नो उत्कर्ष पार गरेको सङ्केत देखिएको दाबी गरे।

तर स्वास्थ्यविज्ञ र केही राज्यका गभर्नरहरूले भने प्रतिबन्धहरू छिट्टै हटाउँदा त्यसले थुप्रै मानिसहरू सङ्क्रमित हुन सक्ने चेतावनी दिएका छन्।

यसैबीच राष्ट्रपति ट्रम्पले कोरोनाभाइरस रोकथाम र नियन्त्रणमा डेमोक्र्याट पार्टीका गभर्नरहरूले निर्वाह गरेको भूमिकाको आलोचना गरेका छन्।

केही गभर्नरहरू कोरोनाभाइरस रोकथामका लागि लगाइएको प्रतिबन्धप्रति आवश्यकताभन्दा बढी नै तनावमा देखिएको उनले बताए।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  २ : ३५ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला