६ दिनपछि स्वदेश फर्किए भारतीय भूमिमै किरिया बसेका नेपाली « Khabarhub

६ दिनपछि स्वदेश फर्किए भारतीय भूमिमै किरिया बसेका नेपाली


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– महाकालीपारी भारतको धार्चुलास्थित क्वारेन्टाइनमै किरिया बसेका नेपाली आइबार स्वदेश फर्किन पाएका छन् ।

घरमा आमा बितेर भारतस्थित क्वारेन्टाइनमै किरिया बसेका वासुदेव भट्टले ६ दिन पछि स्वदेशको भूमि टेक्न पाएका हुन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ स्थित उनको घर भएका उनलाई घर पठाउनु अगाडि उनको जिल्ला अस्पतालमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटमार्फत कोरोना भाइरसको परीक्षण गरिने छ ।

आरडीटी परीक्षणको रिपोर्ट आएपछि मात्रै उनलाई घर पठाउने वा क्वारेन्टाइनमा राख्ने भन्ने निर्णय गरिने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण रोक्न भारतले लकडाउनको आदेश जारी गरेपछि भट्टसहित सयौंको संख्यामा स्वदेश फर्किन आएका नेपालीहरु महाकाली पारी भारतीय भूमिमा रोकिएका थिए ।

सीमापारी भारतीय भूमिमै अलपत्र परेको अवस्थामा घरमा भट्टकी आमाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ३ : ०४ बजे

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण