नेपालमा ४ जना कोरोना संक्रमित उपचारपछि निको « Khabarhub

नेपालमा ४ जना कोरोना संक्रमित उपचारपछि निको


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पछिल्लो १८ घण्टामा कुनै पनि कोरोना संक्रमित भेटिएका छैनन् । शनिबार साँझ उदयपुरमा १ जना ६५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

हालसम्म नेपालमा ३१ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्येका ४ जना भने उपचार पछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित पनि निको भएर घर फर्किएका छन् ।

गत चैत २२ गते कोरोना संक्रमण देखिएका कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक उपचारपछि निको भएर घर फर्किएका हुन् ।

उनी १६ दिनको अस्पताल बसाइ पछि आइतबार घर फर्किएका हुन् । पछिल्लो पटक गरिएको दोस्रो र तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्तपालले जानकारी दिएको छ ।

यस्तै, शनिबार मात्रै २ जना कोरोना संक्रमित बिरामी उपचार पछि निको भएर घर फर्किएका थिए ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत काठमाडौंकी १९ वर्षीया किशोरी शनिबार अस्पतालबाट डिस्चार्ज भएकी थिइयन् ।

यस्तै, बाग्लुङ ६५ वर्षीया महिला पनि उपचार पछि निको भएर शनिबार साँझ नै अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

नेपालमा पहिलोपटक गत माघ ९ गते एक जनामा कोरोना संक्रमण देखिएको थियो । उनी पनि करिब २ हप्ता अस्पताल बसेपछि निको भएर घर गएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ५ : ०८ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार