चेम्बर अफ कमर्सद्वारा कोरोनाले अर्थतन्त्रमा परेको प्रभावबारे २४ बुँदे सुझाव पेश  « Khabarhub

चेम्बर अफ कमर्सद्वारा कोरोनाले अर्थतन्त्रमा परेको प्रभावबारे २४ बुँदे सुझाव पेश 


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस ( कोभिड(१९)बाट अर्थतन्त्रमा परेको प्रभावका सम्बन्धमा अर्थमन्त्री समक्ष २४ बुँदे सुझाव प्रस्तुत गरेको छ ।

चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थ तथा संचार मन्त्री डा.युवराज खतिवडा समक्ष कोरोनाले अर्थतन्त्र पारेको प्रभावबारे सुझाव पेश गरेका हुन् ।

उक्त अवसरमा मन्त्री खतिवडाले निजी क्षेत्रले उपभोग्य वस्तु, औषधी तथा उपकरण सहज तथा सुलभ तवरमा उपलब्ध गरी आपूर्ति व्यवस्थालाइ चुस्त बनाइ जिम्मेवारपूर्ण ढंगले भूमिका निर्वाह गरेकोमा चेम्बरलाई धन्यबाद दिँदै यसलाइ निरन्तरता दिन आग्रह गरे ।

उनले बैंक तथा वित्तीय संस्थाहरु अहिलेको परिस्थितिमा नाफामूखी हुने होइन । नगद प्रवाहलाइ सजिलो बनाउने, कर्जा लिने ग्राहकलाइ साँवा व्याज तिर्ने म्याद वढाउने तर्फ आवश्यक व्यवस्था गरिने बताए ।

यसबाट चुनौती मात्र नभइ अवसर पनि प्राप्त भएको बताए । बाहिरबाट आएका श्रमिकहरुबाट आन्तरिक आर्थिक गतिविधिमा सम्मिलित हुने भएकोले कृषि क्षेत्र गतिशील हुने र अर्को तर्फ इ बिजनेश, अनलाइन बिजनेशको प्रचुर प्रयोगले इलोक्ट्रोनिक कारोबार प्रयोग हुने गरेको समेत उनले जानकारी दिए ।

सरकारबाट प्रदान गरिएको राहत प्याकेज बिपन्न वर्गको लागि भएकोले तदनरुप उपयोग गरि दिन समेत अर्थमन्त्री खतिवडाले आग्रह गरे ।

अर्थतन्त्रमा कोरोना भाइरसबाट अर्थतन्त्रमा पुगेको क्षति अध्ययनका लागि गठित उच्चस्तरीय कार्यदलमा निजी क्षेत्रलाइ पनि समावेश गरी उनीहरुको राय सुझावको आधारमा भावी कार्यक्रम तय गरिने बताए ।

 

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ६ : १२ बजे

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र