काठमाडौं महानगरका ४ सय ६४ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ « Khabarhub

काठमाडौं महानगरका ४ सय ६४ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिकामा बसोबास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको र्‍यापिड डाइनोस्टिक टेस्टलाई तीव्रता दिएको छ ।

महानगरले हालसम्म परीक्षण गरिएका ४ सय ६४ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको जानकारी गराएको छ ।

सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारीसँगै सुरुमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर–५ का ३९ जनाको र्‍यापिड टेस्ट गरिएको महानगरले जनाएको छ ।

त्यसैगरी दोस्रो दिन वडा–४ मा ५१ जनाको टेष्ट गरेको र शुक्रबारसम्म ८ वटा वडाका ४ सय ३ जनाको टेस्ट गरेको जनाएको छ । महानगरले शनिबारसम्म ४ सय ६४ जनाको टेष्ट गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको हो ।

काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यका अनुसार शनिबार भित्री शहरमा १८, १९, २०, २१, २२, २३, २४, २९ गरी ८ वटा वडाका ७८ जनाको टेष्ट गरिएको हो । बसन्तपुर डवलीमा सामाजिक दूरी कायम गरी टेष्ट गरिएको उनले बताए ।

शनिबार गरिएको टेष्टमा ७८ जनाकै रिपोर्ट नेगेटिभ आएको बज्राचार्यले जानकारी दिए । उनले वडा–१२, १३ र १४ को टेष्ट आइतबार गरिएको जानकारी दिए ।

त्यसैगरी शुक्रबार एकै ठाउँमा ९, १०, ३१, ३२ वडाको टेष्ट गरिएको थियो । जहाँ २ सय ४८ जनाको टेष्ट भएको थियो । त्यस्तै वडा–१५ का ४८ जनाको पनि भइसकेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २०७६ फागुन १८ गतेपछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका, कोरोना लक्षणको शंका लागेका लगायतका व्यक्तिहरुको परीक्षण गरिएको जानकारी दिए ।

उनले परीक्षणका लागि ३२ वटै वडामा लाई सक्रिय बनाइएको बताए । विदेशबाट फर्किएकाहरुको तथ्याङ संकलन गरिरहेको पनि उनले जानकारी दिए । उनले हालसम्म परीक्षण गरिएकाहरु सबैको रिपोर्ट नेगेटिभ आएको समेत जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ६ : ३६ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर