सिन्धुपाल्चोकका सबै तहमा र्‍यापिड टेष्ट, विदेशबाट आएका २३७ को रिपोर्ट नेगेटिभ « Khabarhub

सिन्धुपाल्चोकका सबै तहमा र्‍यापिड टेष्ट, विदेशबाट आएका २३७ को रिपोर्ट नेगेटिभ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक –  सिन्धुपाल्चोकमा गत चैतभित्र विदेशबाट घर फर्केका व्यक्तिमध्ये हालसम्म २३७ जनाको कोरोना परीक्षण गरिएकामा सबै नतिजा नेगेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले तीन नगरपालिकासहित १२ स्थानीय तहमा हाल आरडीटी थालिएको र परीक्षण जारी छ ।

जिल्लामा हाल कोही पनि आइसोलेशन वार्डमा छैनन् । कोरोना भाइरस संक्रमण आशंकामा जाँच गर्न आएका आठ जनालाई शुरुमा भर्ना गरिएकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना नभएको पुष्टि भएपछि घर पठाइएको छ ।

विदेशबाट आएका र आफन्तसहित प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबीसे र चौतारा अस्पतालमा गरी आठ जनालाई आइसोलेशन वार्डमा राखिएको थियो ।

हाल चौतारा साँगाचोकगढी नगरपालिका ७ मेलचौर, मेलम्ची, बाह्रबीसे, सुनकोशी र त्रिपुरासुन्दरी गाउँपालिकासमेतमा २१ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ७ : ०५ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा