सिन्धुपाल्चोकका सबै तहमा र्‍यापिड टेष्ट, विदेशबाट आएका २३७ को रिपोर्ट नेगेटिभ « Khabarhub

सिन्धुपाल्चोकका सबै तहमा र्‍यापिड टेष्ट, विदेशबाट आएका २३७ को रिपोर्ट नेगेटिभ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक –  सिन्धुपाल्चोकमा गत चैतभित्र विदेशबाट घर फर्केका व्यक्तिमध्ये हालसम्म २३७ जनाको कोरोना परीक्षण गरिएकामा सबै नतिजा नेगेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले तीन नगरपालिकासहित १२ स्थानीय तहमा हाल आरडीटी थालिएको र परीक्षण जारी छ ।

जिल्लामा हाल कोही पनि आइसोलेशन वार्डमा छैनन् । कोरोना भाइरस संक्रमण आशंकामा जाँच गर्न आएका आठ जनालाई शुरुमा भर्ना गरिएकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना नभएको पुष्टि भएपछि घर पठाइएको छ ।

विदेशबाट आएका र आफन्तसहित प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबीसे र चौतारा अस्पतालमा गरी आठ जनालाई आइसोलेशन वार्डमा राखिएको थियो ।

हाल चौतारा साँगाचोकगढी नगरपालिका ७ मेलचौर, मेलम्ची, बाह्रबीसे, सुनकोशी र त्रिपुरासुन्दरी गाउँपालिकासमेतमा २१ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ७ : ०५ बजे

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

काठमाडौं–निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

प्रतिकूल मौसमले धनगढी विमानस्थल प्रभावित

काठमाडौं- प्रतिकूल मौसमका कारण धनगढी विमानस्थलबाट हुने उडान र अवतरण

दक्षिणी क्रेटबाट थप १३१ जना आप्रवासीको उद्धार

एजेन्सी – ग्रीकका तटरक्षकहरुले शनिबार क्रेटबाट थप १३१ जना आप्रवासीहरूलाई

सरकारले सुरक्षा दिए चुनावमा जान तयार छौँ, एमाले पनि तयार छ : सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरू निर्वाचनमा

कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौं – नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ