पर्सा- वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोनाभाइरस संक्रमितमध्ये ३ जनाको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको छ ।
दोस्रो पटकको परीक्षणमा एक जनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।
वीरगञ्ज–२ छपकैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीन जना भारतीय जमातीमा एक साताअघि कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । रौतहटबाट पठाइएका संक्रमित एक युवकको उपचार पनि नारायणी अस्पतालमा नै भइरहेको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले उनीहरुको तेस्रो चरणको परीक्षणका लागि आइतबार ‘स्वाब’ नमुना संकलन गरेर प्रयोगशाला पठाइएको जानकारी दिए ।
थप परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर प्रदेश नं ३ को राजधानी हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको उनले जानकारी दिए ।
संक्रमित जमाती पुगेको क्षेत्रमा र्यापिड डाइग्नोष्टिक टेष्ट समेत गरिएमा सबैको रिपोर्ट नेगेटिभ आएको समेत अस्पतालले जानकारी दिएको छ ।
प्रतिक्रिया