वीरगञ्जका कोरोना संक्रमित ४ जनामध्ये ३ जनाको रिपोर्ट पुनः पोजेटिभ « Khabarhub

वीरगञ्जका कोरोना संक्रमित ४ जनामध्ये ३ जनाको रिपोर्ट पुनः पोजेटिभ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोनाभाइरस संक्रमितमध्ये ३ जनाको दोस्रो  पटकको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको छ ।

दोस्रो पटकको परीक्षणमा एक जनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।

वीरगञ्ज–२ छपकैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीन जना भारतीय जमातीमा एक साताअघि कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । रौतहटबाट पठाइएका संक्रमित एक युवकको उपचार पनि नारायणी अस्पतालमा नै भइरहेको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले उनीहरुको तेस्रो चरणको परीक्षणका लागि आइतबार  ‘स्वाब’ नमुना संकलन गरेर प्रयोगशाला पठाइएको जानकारी दिए ।

थप परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर प्रदेश नं ३ को राजधानी हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको उनले जानकारी दिए ।

संक्रमित जमाती पुगेको क्षेत्रमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट  समेत गरिएमा सबैको रिपोर्ट नेगेटिभ आएको समेत अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ७ : ३० बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको