कोरोना जितेका कैलालीका युवकको सुझाव- हिम्मत नहारौं कोरोना जितिन्छ « Khabarhub

कोरोना जितेका कैलालीका युवकको सुझाव- हिम्मत नहारौं कोरोना जितिन्छ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित २१ वर्षीय राज विक उपचारपछि आज घर फर्किए ।

दोस्रो र तेस्रोपटक गरिएको कोरोना नमूनाको परीक्षणबाट नतिजा ‘नेगेटिभ’ आएपछि कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय विकलाई आज अस्पतालले डिस्चार्ज गरेको हो ।

१६ दिनको अस्पताल बसेपछि कोरोनालाई जितेका बिकले अस्पताल बसाइँको क्रममा कुनै समस्या नभएको  बताए ।

उनले आफूलाई पनि कुनै लक्षण नै नदेखिएकाले कोरोना संक्रमणबाट निको हुन्छु भन्नेमा आफू सुरुवातबाटै पूर्ण विश्वस्त रहेको बताए । उनले अस्पतालमा पनि आफूलाई कुनै किसिमकको समस्या नभएको बताए ।

उनले हिम्मत नहारे कोरोनालाई सहजै जित्न सकिने बताए । उनले भने, ‘मैले हिम्मत हारिनँ। म सञ्चो भएर घर फर्किएँ। तपाईंहरू पनि हिम्मत नहार्नुहोस्।सबै सञ्चो भएर घर फकिर्नुहुनेछ।’

अस्पतालबाट फर्किनु अघि उनले  सेती प्रादेशिक अस्पतालमा उपचाररत अन्य बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।  उनले भने,‘आफ्नो राम्रोसँग ख्याल गर्नुहोला, हिम्मत नहार्नुहोला कोरोनालाई जितिन्छ ।’

उनलाई डिस्चार्ज गर्ने क्रममा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी र मेडिकल सुपरिटेन्डेन्टले पुष्प गुच्छा दिएर बिदाइ गरेका थिए।

भारतबाट फर्केको २९ दिनपछि उनी घरभित्र प्रवेश पाए। आँगनमा पुग्दा केही मिटर टाढाबाटै आमाबुवा र आफन्तलाई ढोगे। घरमा पुग्दा आमा बुवा लगायत आफन्तहरु निकै भावुक बनेका थिए । उनी अस्पतालबाट घर फर्किए पनि थप १५ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।

भारतबाट आएका विकलाई गत चैत २२ गते कोरोना सङ्क्रमित भएको पुष्टि भएको थियो ।

अब सेती अस्पतालमा चार जना बिरामी उपचाररत छन्। जसमा दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजू, भारतबाट फर्किएका कञ्चनपुरका पुरुष र वीरगन्जबाट आएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिला छन्।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ८ : १२ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा