प्रज्ञाकुञ्जले अनलाइनबाटै विद्यार्थी पढाउँने « Khabarhub

प्रज्ञाकुञ्जले अनलाइनबाटै विद्यार्थी पढाउँने


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका कारण नियमित विद्यालय सञ्चालन गर्न नसकेपछि काठमाडौं प्रज्ञाकुञ्ज स्कुलले शैक्षिक गतिविधिहरु अनलाइनबाट सञ्चालन गर्ने भएको छ।

विद्यालयहरु नियमित गतिविधिहरु निर्बाध रुपमा सञ्चालन हुन नसकेसम्म विद्यालयले ‘अनलाइन टिचिङ लर्निङ मोडल’ मार्फत् आफ्ना शैक्षिक गतिविधि सञ्चालन गर्ने भएको हो।

अनलाइनमा शैक्षिक गतिविध गर्न विद्यालयले मेसेन्जर, भाइबर, गुगल क्लासरुम, स्कुल एप, जुम लगायतका प्रविधि प्रयोग गर्ने प्रधानाध्यापक सुनिता पौडेलले बताइन ।

विद्यालयले विभिन्न चरणमा विद्यार्थी तथा अभिभावकसँग छलफल र सिकाईका कार्यक्रम सञ्चालन गर्ने भएको छ।

विद्यालयले वैशाख १० गतेदेखि प्रत्येक दिन सबै कक्षाका दुईवटा विशेष विषयका लागि अनलाइन कक्षा सञ्चालन गर्नेछ।

विद्यार्थी तथा अभिभावकका कुनै जिज्ञासा वा समस्या भए कक्षागत प्रयोग भएको भाइबर वा मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने प्रधानाध्यापक पौडेलले बताईन्।

लकडाउनका कारण लामो समयसम्म विद्यालयहरु बन्द हुने अवस्था आएपछि अधिकांश विद्यालयहरु अनलाइनमार्फत् शैक्षिक कार्यक्रम गर्ने तयारीमा छन्।

विभिन्न क्याम्पस तथा विश्वविद्यालयलेसमेत आफ्ना गतिविधिहरु अनलाइनमा केन्द्रित गरेका छन्।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : १४ बजे

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न