प्रज्ञाकुञ्जले अनलाइनबाटै विद्यार्थी पढाउँने « Khabarhub

प्रज्ञाकुञ्जले अनलाइनबाटै विद्यार्थी पढाउँने


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका कारण नियमित विद्यालय सञ्चालन गर्न नसकेपछि काठमाडौं प्रज्ञाकुञ्ज स्कुलले शैक्षिक गतिविधिहरु अनलाइनबाट सञ्चालन गर्ने भएको छ।

विद्यालयहरु नियमित गतिविधिहरु निर्बाध रुपमा सञ्चालन हुन नसकेसम्म विद्यालयले ‘अनलाइन टिचिङ लर्निङ मोडल’ मार्फत् आफ्ना शैक्षिक गतिविधि सञ्चालन गर्ने भएको हो।

अनलाइनमा शैक्षिक गतिविध गर्न विद्यालयले मेसेन्जर, भाइबर, गुगल क्लासरुम, स्कुल एप, जुम लगायतका प्रविधि प्रयोग गर्ने प्रधानाध्यापक सुनिता पौडेलले बताइन ।

विद्यालयले विभिन्न चरणमा विद्यार्थी तथा अभिभावकसँग छलफल र सिकाईका कार्यक्रम सञ्चालन गर्ने भएको छ।

विद्यालयले वैशाख १० गतेदेखि प्रत्येक दिन सबै कक्षाका दुईवटा विशेष विषयका लागि अनलाइन कक्षा सञ्चालन गर्नेछ।

विद्यार्थी तथा अभिभावकका कुनै जिज्ञासा वा समस्या भए कक्षागत प्रयोग भएको भाइबर वा मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने प्रधानाध्यापक पौडेलले बताईन्।

लकडाउनका कारण लामो समयसम्म विद्यालयहरु बन्द हुने अवस्था आएपछि अधिकांश विद्यालयहरु अनलाइनमार्फत् शैक्षिक कार्यक्रम गर्ने तयारीमा छन्।

विभिन्न क्याम्पस तथा विश्वविद्यालयलेसमेत आफ्ना गतिविधिहरु अनलाइनमा केन्द्रित गरेका छन्।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : १४ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको