अलपत्र परेका श्रमिकलाई उर्जामन्त्रीले रोल्पा पठाए « Khabarhub

अलपत्र परेका श्रमिकलाई उर्जामन्त्रीले रोल्पा पठाए


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनमा काठमाडौंमा अलपत्र परेका रोल्पाका श्रमिकलाई गृहजिल्ला पठाइएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले लकडाउनमा अलपत्र परेका रोल्पामा श्रमिकहरुलाई बस चढाएर गृहजिल्ला पठाएका हुन् ।
काभ्रेबाट पैदल हिँडेर आइतबार काठमाडौंको साँखु आइपुगेका रोल्पाका ४६ र दाङका ४ जना मजदुरलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा २ वटा बसमा उनीहरुलाई रोल्पा पठाइएको हो ।

मन्त्री पुनले प्रधानमन्त्रीको निर्देशन बमोजिम बाटोमा अलपत्र परेका नागरिकको उद्धार गर्ने नीति अनुसार दाङ र रोल्पाका मजदुरको उद्धार गरेर घरसम्म पठाउने काम गरेको बताएका छन् ।

रोल्पाका मजदुरहरु अलपत्र अवस्थामा हिडिरहेको सुचना आएको शंखरापुर नगरपालिकाका मेयर र त्यहाँका प्रहरीले सूचना दिएको बताउँदै मन्त्री पुनले उनीहरुलाई घर पठाएको बताए।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : १९ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा