अलपत्र परेका श्रमिकलाई उर्जामन्त्रीले रोल्पा पठाए « Khabarhub

अलपत्र परेका श्रमिकलाई उर्जामन्त्रीले रोल्पा पठाए


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनमा काठमाडौंमा अलपत्र परेका रोल्पाका श्रमिकलाई गृहजिल्ला पठाइएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले लकडाउनमा अलपत्र परेका रोल्पामा श्रमिकहरुलाई बस चढाएर गृहजिल्ला पठाएका हुन् ।
काभ्रेबाट पैदल हिँडेर आइतबार काठमाडौंको साँखु आइपुगेका रोल्पाका ४६ र दाङका ४ जना मजदुरलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा २ वटा बसमा उनीहरुलाई रोल्पा पठाइएको हो ।

मन्त्री पुनले प्रधानमन्त्रीको निर्देशन बमोजिम बाटोमा अलपत्र परेका नागरिकको उद्धार गर्ने नीति अनुसार दाङ र रोल्पाका मजदुरको उद्धार गरेर घरसम्म पठाउने काम गरेको बताएका छन् ।

रोल्पाका मजदुरहरु अलपत्र अवस्थामा हिडिरहेको सुचना आएको शंखरापुर नगरपालिकाका मेयर र त्यहाँका प्रहरीले सूचना दिएको बताउँदै मन्त्री पुनले उनीहरुलाई घर पठाएको बताए।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : १९ बजे

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष