लिम्पियाधुरा समेटिएको नक्सा जारी गरिएकोमा मुख्यमन्त्री पौडेलद्वारा खुशी व्यक्त « Khabarhub

लिम्पियाधुरा समेटिएको नक्सा जारी गरिएकोमा मुख्यमन्त्री पौडेलद्वारा खुशी व्यक्त


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गरिएकामा खुशी व्यक्त गरेका छन् ।

सोमबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले मिचिएको भूमि समेटेर नक्सा जारी गरिएको दिनलाई भविष्यमा ऐतिहासिक दिनका रूपमा स्मरण गरिने बताए ।

“आजको यो दिन नेपाली इतिहासमा निक्कै गर्विलो दिनका रूपमा लेखिने छ । नेपाली भूमि भइकन पनि हिजोको दिनमा नेपालकै नक्साबाट हटाइएको क्षेत्र समेटेर नक्सा जारी गर्ने सरकारको निर्णय नेपाली जनताको स्वाभिमान उच्च राख्न निकै नै महत्वपूर्ण छ । यो निर्णयले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार राष्ट्र र राष्ट्रियताप्रति समर्पित र संवेदनशील छ भन्ने कुरा दर्शाउँछ । अर्थतन्त्र, क्षेत्रफल र जनसङ्ख्याका हिसाबले देश साना र ठूला होलान् तर सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमान हरेक देशको बराबर हुन्छ भन्ने प्रधानमन्त्री ओलीको उद्धरण आज सिद्ध भएको छ”, पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।

नक्सा जारीको विषयलाई लिएर प्रदेशका आन्तरिक मामिलामन्त्री शालिकराम जम्कट्टेलले नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सरकारको ऐतिहासिक निर्णयका लागि धन्यवाद व्यक्त गरेका हुन् ।

त्यस्तै सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारले गरेको निर्णयको प्रशंसा गरेका छन् । “अतिक्रमित भूमि जुन नक्सामा पनि गायव थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्यो भूमि समेटेर बनाएको नक्सालाई नेपालको नक्साका रूपमा स्वीकृत गर्ने निर्णय गरेको छ । यो महत्वपूर्ण र ऐतिहासिक कार्यको लागि नेपाल सरकारलाई सलाम”, मन्त्री दुलालले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ८ : १४ बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा