चीनले उत्पादन गर्‍यो आफै ‘भाइरस मुक्त’ हुने मास्क ! « Khabarhub

चीनले उत्पादन गर्‍यो आफै ‘भाइरस मुक्त’ हुने मास्क !


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चिनियाँ एक कम्पनीले आफै भाइरस मुक्त हुने मास्कको उत्पादन थालेको छ ।  कोरोना भाइरसको संक्रमण फैलिएसँगै चिनियाँ कम्पनीले यस्तो मास्क उत्पादन थालेको हो ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै चिनियाँ मोबाइल कम्पनी शाओमीको स्वामित्व रहेको हुवामीले भाइरस मुक्त मास्क निर्माण गरेको हो ।

अमेजनफिटको यो सेल्फ डिसइन्फेक्टिङ्ग मास्कको नाम ‘एइरी’ रहेको छ । यो मास्कमा कम्पनीले एक अल्ट्रा भायलेट (यूभी) लाइट जोडिदिएको छ ।

यसमा विद्युत सप्लाइका लागि एउटा प्लग समेत राखिएको छ । उक्त प्लगमा जोडेको १० मिनेटमा सो मास्क अल्ट्रा भाइलेटको माध्यमद्वारा आफैं सफा हुन्छ ।

अल्ट्रा भाइलेट किरणको माध्यमले मास्कको भित्री भाग मात्र सफा हुन्छ । बाहिरी भाग भने स्वयं प्रयोगकर्ताले नै सफा गर्नुपर्ने जनाइएको छ ।

यसको व्यावसायिक प्रयोग भने केही समय लाग्ने जनाइएको छ । हुवामीका औद्योगिक डिजाइनका उपाध्यक्ष पेङ्गताओ यूका अनुसार बजारमा आउन ६ देखि १२ महिना लाग्नेछ ।

विश्वमा कोरोनाको जोखिम बढ्दै गएपछि विभिन्न प्रकारका मास्क उत्पादन थालिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमण फैलिन नदिन मास्क प्रयोग गर्नुका साथै समय समयमा हात धुन आग्रह गर्दै आएको छ ।

कोरोनाको जोखिम बढ्दै गएपछि एन–९५ तथा यो भन्दा पनि गुणस्तरीय मास्कको प्रयोग गर्न समेत सुझाइएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १० : ३९ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे