चीनले उत्पादन गर्‍यो आफै ‘भाइरस मुक्त’ हुने मास्क ! « Khabarhub

चीनले उत्पादन गर्‍यो आफै ‘भाइरस मुक्त’ हुने मास्क !


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चिनियाँ एक कम्पनीले आफै भाइरस मुक्त हुने मास्कको उत्पादन थालेको छ ।  कोरोना भाइरसको संक्रमण फैलिएसँगै चिनियाँ कम्पनीले यस्तो मास्क उत्पादन थालेको हो ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै चिनियाँ मोबाइल कम्पनी शाओमीको स्वामित्व रहेको हुवामीले भाइरस मुक्त मास्क निर्माण गरेको हो ।

अमेजनफिटको यो सेल्फ डिसइन्फेक्टिङ्ग मास्कको नाम ‘एइरी’ रहेको छ । यो मास्कमा कम्पनीले एक अल्ट्रा भायलेट (यूभी) लाइट जोडिदिएको छ ।

यसमा विद्युत सप्लाइका लागि एउटा प्लग समेत राखिएको छ । उक्त प्लगमा जोडेको १० मिनेटमा सो मास्क अल्ट्रा भाइलेटको माध्यमद्वारा आफैं सफा हुन्छ ।

अल्ट्रा भाइलेट किरणको माध्यमले मास्कको भित्री भाग मात्र सफा हुन्छ । बाहिरी भाग भने स्वयं प्रयोगकर्ताले नै सफा गर्नुपर्ने जनाइएको छ ।

यसको व्यावसायिक प्रयोग भने केही समय लाग्ने जनाइएको छ । हुवामीका औद्योगिक डिजाइनका उपाध्यक्ष पेङ्गताओ यूका अनुसार बजारमा आउन ६ देखि १२ महिना लाग्नेछ ।

विश्वमा कोरोनाको जोखिम बढ्दै गएपछि विभिन्न प्रकारका मास्क उत्पादन थालिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमण फैलिन नदिन मास्क प्रयोग गर्नुका साथै समय समयमा हात धुन आग्रह गर्दै आएको छ ।

कोरोनाको जोखिम बढ्दै गएपछि एन–९५ तथा यो भन्दा पनि गुणस्तरीय मास्कको प्रयोग गर्न समेत सुझाइएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १० : ३९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ