बुबासँगै आइसोलेसनमा राखेका युवामा कोरोना संक्रमण | Khabarhub Khabarhub

बुबासँगै आइसोलेसनमा राखेका युवामा कोरोना संक्रमण


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी- इटहरी बसेर धरानमा पढ्ने एक युवामा कोरोना संक्रमण भेटिएको छ। केही दिनअघि ज्वरो आएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा राखिएका युवामा कोरोना पाइएको हो।

इटहरी २ का १८ बर्षीय ती युवा बुवासँगै आइसोलेसन वार्डमा राखिएका थिए। ज्वरो आएपछि इटहरीस्थित एक मेडिकल पुगेका उनलाई डाक्टरले धरान पठाएका थिए। धरानमा पुग्ने बित्तिकै उनलाई बुवासहित नै आइसोलेसन वार्डमा पठाइएको थियो।

यस्तै, सुनसरीकै पश्चिम कुसाहमा कार्यरत एक जना सशस्त्र प्रहरी जवानको पनि रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ। यसअघि सुनसरीको गढी गाउँपालिकाको क्वारेन्टाइनम बसेका युवामा कोरोना देखिएको थियो।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १० : ३९ बजे

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान