कर्णाली प्रदेशमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि « Khabarhub

कर्णाली प्रदेशमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – मुलुकमा कोरोना भाइरस देखापरेको करिब चार महिनापछि कर्णाली प्रदेशमा सोमबार पहिलोपटक सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ पाइएको हो ।

एक साताअघि भारतबाट आएका उनको स्वाबको नमूना सोमबार सुर्खेतमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको थियो ।

पुनः परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पनि रिर्पोट पोजिटिभ देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण पुष्टि गरेको हो ।

सङ्क्रमित व्यक्ति अहिले नगरपालिकास्थित क्वारेन्टाइनमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भारतको आगरामा कोल्डस्टोरमा काम गर्ने ती व्यक्ति आगराबाट कोल्डस्टोरकै गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमानाका वनवासासम्म आएका थिए ।

वनवासामा ती युवा ३५ दिन क्वारेन्टाइनमा बसेको खुलेको छ । क्वारेन्टाइन अवधि पूरा भएपछि भारतीय पक्षले जबर्जस्ती नेपालतिर पठाएपछि ती युवासहित नेपालीलाई स्थानीय तहको समन्वयमा उद्धार गरेर सम्बन्धित नगरपालिकामा पठाइएको थियो ।

आठबीस नगरपालिका–१ का वडाध्यक्ष पर्वसिंह विश्वकर्माले जेठ १ गते महेन्द्रनगरबाट गाडी रिजर्भ गरी लक्ष्मी माध्यमिक विद्यालय, सात्तलामा बनाइएको क्वारेन्टाइनमा राखेको बताए ।

ती युवासहित ३९ जनालाई एकैपटक उद्धार गरिएको थियो । जेठ ३ गते क्वारेन्टाइनमा बसेका सबैको पीसीआर विधिबाट जाँच गर्न स्वाब संकलन गरिएको थियो ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १० : ४९ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि