मृगको शिकारमा संलग्न २ जना पक्राउ « Khabarhub

मृगको शिकारमा संलग्न २ जना पक्राउ


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – चोरी शिकारमा संलग्न भएको र विद्यालय तोडफोड गरेका छुट्टाछुट्टटै घटनामा संलग्न चार जनालाई बागलुङ प्रहरीले पक्राउ परेका छन् ।

प्रहरीले जिल्लाको ताराखोला गाउँपालिका–३ बाट विद्यालय तोडफोड गर्ने पूर्वशिक्षकसहित दुई र गलकोट नगरपालिका–४ बाट मृग मारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो ।

स्थानीय जङ्गलमा संरक्षित मृग मारेर खाँदै गरेको अवस्थामा गलकोट नगरपालिका–४ का ५९ वर्षीय बेलराम सुवेदी र सोही ठाउँका ३० वर्षीय ओमबहादर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट मृगको पकाएको मासु, काँचो मासु र हड्डीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले बताए ।

सुराकीको आधारमा हटिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सुवेदी र खड्कालाई नियन्त्रणमा लिएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको र कानूनबमोजिम कारवाहीका लागि मुद्दा चलाइने केसीले बताए ।

लकडाउनको समयमा संरक्षित जङ्गली जनावरको सिकार गर्नेहरु सक्रिय भएको प्रहरीले जनाएको छ । यस्तै विद्यालय तोडफोड गरेको आरोपमा बागलुङको ताराखोला गाउँपालिका–३ मा रहेको काँक्राखोर आधारभूत विद्यालयका पूर्वशिक्षकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

विद्यालयमा तोडफोड गरी महत्वपूर्ण कागजात हिनामिना गरेको आरोपमा सोही ठाउँका पूर्वशिक्षक रेशम खत्री र तिलक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लकडाउनका कारण बन्द रहेको विद्यालयमा गाउँपालिकाबाट अनुगमनमा पुगेको टोलीले ढोका तोडफोड गरेको देखेपछि घटना बाहिर आएको थियो ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ११ : ०७ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट