नक्साको जमिन नेपालको हुनुपर्छ – नेपाली कांग्रेस « Khabarhub

नक्साको जमिन नेपालको हुनुपर्छ – नेपाली कांग्रेस


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मन्त्रिपरिषदबाट नेपालका भूमि समेटेर नयाँ नक्सा पारित हुनु सकरात्मक भएको बताएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालका भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नक्सा पारित हुनु सकारात्मक र स्वागतयोग्य भएको बताए।

अब नेपाली भूमि कालापानीमा बसेको भारतीय सेना त्यहाँबाट फिर्ता हुनुपर्ने उनले बताएका छन्।

नेपालको सबै भू-भागमा नेपालकै पूर्ण हक हुनुपर्ने प्रवक्ता शर्माले मंगलबार ट्वीट गर्दै उल्लेख गरेका छन्।

उनले दुबै छिमेकी देशसँग सरकारले कुटनीतिक पहल गर्नुपर्ने पनि बताएका छन्।

‘अब सरकारको वास्तविक परीक्षा प्रारम्भ भएको छ,’ शर्माले भनेका छन्, ‘दुबै छिमेकीसँग गहन कुटनीतिक पहल सुरू गर्नुपर्छ।’

उनले नक्सा पारित गरेर मात्रै नपुग्ने भन्दै थपेका छन्, ‘हाम्रो हातमा नक्सा उनको हातमा जमिन हुनुहुन्न।’

मन्त्रिपरिषदको सोमबारको बैठकले भूमि मन्त्रालयले लगेको नयाँ नक्सा पारित गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ११ : ३७ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको