‘आम्दानी गुमाएकालाई सरकारले रोजगारीको व्यवस्था गर्छ’ « Khabarhub

‘आम्दानी गुमाएकालाई सरकारले रोजगारीको व्यवस्था गर्छ’


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी गुमाएका नागरिकलाई रोजगारी दिने बताएका छन् ।

आज संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आम्दानी नभएका र आम्दानी गुमाएकाहरुको सरकारले व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।

गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले निम्न आय भएका वर्गलाई प्याकेज मात्र नभएर रोजगारीको व्यवस्था गर्ने बताए । निम्न आय भएका व्यक्तिहरुको सम्बन्धमा प्याकेज नल्याइएको भन्ने विषयमा प्रमुख प्रतिपक्षदल लगायत अन्य दलले असन्तुष्टि जनाएका थिए ।

‘प्याकेज देखाउने होइन । हामी जहाँ छौ जस्तो अवस्थामा छौ । आर्थिक अवस्थाका सन्दर्भमा भन्ने एउटा गर्ने अर्को गर्न हुदैन । प्याकेज घोषणा गर्दा राज्यले धान्न र स्रोतले भ्याउनेसम्म रोजगारीका अवसर उपलव्ध गराउने र उसले आम्दानीबाट जीवन चलाउन र देशको अर्थतन्त्र कमजोर हुन नदिनेतर्फ जान खोजिरहेका छौं । गरिवलाई सहारा दिने कोही छैन र काम पनि गर्न सक्दैन भने त्यस्तो मानिससँग श्रमको अपेक्षा गर्न सक्दैन त्यस्तालाई सरकारले सोचिरहेको छ’, प्रधानमनत्रीको जवाफ छ । त्यस्तै उनले आगामी दिनमा पनि त्यसैगरी अघि बढ्न सरकार लागि रहेको बताए ।

सम्बोधनका क्रममा शारीरिक अपाङता तथा अशक्त व्यम्तिहरु जो काम शारीरिक श्रम गर्न सक्दैनन् त्यस्ता व्यक्तिहरुको जिम्मा सरकारले लिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । साथै उनीहरुको प्रवन्ध गर्न सरकार लागिरहेको बताए ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १ : ०९ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको