एमसीसी सदनमा टेबल गराएको छ, अब छलफल तपाईंहरुले गर्नुहोस्- प्रधानमन्त्री « Khabarhub

एमसीसी सदनमा टेबल गराएको छ, अब छलफल तपाईंहरुले गर्नुहोस्- प्रधानमन्त्री


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) के गर्ने भन्ने विषय संसदमै छलफल हुनुपर्ने बताएका छन् । अघिल्लो सरकारले गरेको सम्झौताको वर्तमान सरकारले निरन्तरता दिएको बताउँदै प्रधानमन्त्री ओलीले एमसीसी सदनमा पेस भएकाले सदनबाटै छलफल गरी निर्णयमा पुग्नुपर्ने बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘पछाडिका ढोकाबाट एमसीसी छिराउन खोजियो भनेर पनि प्रश्न उठ्यो । तर लप्सीफेदी–रातमाटेको विद्युत प्रशारण लाइनको महत्व नेपालीले नै पहिचान गरेको विषय हो । नेपाल जलविद्युतको धनी देश हो । पछाडिको ढोकाबाट हैन, अगाडिको ढोकाबाट बन्छ । एमसीसीले बनाए पनि बन्छ । अरुले बनाएपनि बन्छ नत्र हामी आफै बनाउँछौं ।’

प्रधानमन्त्रीले भने,’ हामीसँग यति धेरै विजुली उत्पादन भइरहेको छ । तर त्यसको प्रशारण लाइन छैन अनि प्रशारण लाइन नबनाएर हुन्छ ? एमसीसी अघिल्लो सरकारकै बेलामा सम्झौता भएका कारणले अहिलेको सरकारले संसदमा टेवल मात्रै गरेको हो । अघिल्लो सरकारले गरेको काम मैले गरेको होइन भनेर छाड्न मिल्दैन । त्यसको पालना गरेन भने स्थायीत्व, नीतिहरुको बारेमा गम्भिर समस्या आउँछ । दुई देशका बिचमा भएका सम्झौता कार्यान्वयन भएन भने त्यसले कुटनीतिक समस्या सिर्जना हुन्छ ।’

उनले भने, ‘यो विषयमा पार्टीहरुका बीचमा छलफल हुनसक्छ । सांसदहरुका बीचमा पनि छलफल हुनसक्छ । तर सरकारले गरेका सम्झौता कार्यान्वयन नगर्न हुँदैन । एमसीसी कहाँ लेखेको छ र ? नीति तथा कार्यक्रममा ? एमसीसी पास भए पनि नभएपनि विद्युत प्रशारण लाइन भोलिका लागि निर्माण गर्छ ।’

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १ : ३० बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको