कोरोना संक्रमित बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयलाई संक्रमित पहिचान गर्नै कठिन « Khabarhub

कोरोना संक्रमित बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयलाई संक्रमित पहिचान गर्नै कठिन


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयलाई संक्रमितको विवरण संकलन गर्न समस्या देखिन थालेको छ ।

स्वास्थ्य मन्त्रालय सहप्रवक्ता डाक्टर समिर अधिकारीले संक्रमितको संख्या बढ्दै जाँदा तथ्यांक संकलन गर्न समस्या भएको बताएका हुन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा कुल संक्रमितको संख्या ३ सय ७७ पुगेको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितबारे जानकारी दिन तयार पारेको वेबसाइटमा भने कुल संक्रमितको संख्या ३ सय ७५ नै छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा स्वास्थ्य मन्त्रालयको भन्दा बढी भनेको दुई संक्रमित झापा र सुनसरीमा थपिएको केस हो ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक

तर स्वास्थ्य मन्त्रालयले थपिएको संक्रमित बारे अझै जानकारी दिएको छैन ।

सो विषयमा प्रश्न गर्दा मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले भने, ‘प्रधानमन्त्रीले नै भन्नुभएको भए उहाँकै कोड गरेर संक्रमित थपिएको कुरा लेख्नुभए हुन्छ ।’

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले प्रयोगशालाहरुबाट कोरोना पोजेटिभ आएको रिपोर्टहरु पठाइरहेको भएपछि कुन रिपोर्ट पुराना संक्रमितको पुन परीक्षण हो र कुन रिपोर्ट नयाँ संक्रमितको हो भन्ने जानकारी नहुदा थपिएका संक्रमित बारे एकिन तथ्यांक दिन नसक्ने बताए ।

‘संक्रमितहरु त धेरै नै थपिएका छन्, प्रयोगशालाहरुबाट पोजेटिभ केसहरु थपिएको रिपोर्ट आएको छ, तर कुन संक्रमित पुरानै केसको पुन परीक्षण हो? कुन रिपोर्ट नयाँ संक्रमितको हो ? भन्ने एकिन भएको छैन,’ सहप्रवक्ता डा अधिकारीले भने, ‘ संक्रमित थपिने क्रम बढीरहेको छ, पोजेटिभ देखिएका रिपोर्टहरु कुन पुरानो केस हो ? कुन नयाँ हो ?छुट्याएर प्रेस मिटसम्म विवरण तयार पार्छौं ।’

स्वास्थ्य मन्त्रालयले यसअघि कोरोना संक्रमित थपिएपछि तत्काल प्रेस विज्ञप्ती निकालेर संक्रमितको संख्या बारे जानकारी गराउने गरेको थियो । तर संक्रमित बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयलाई संक्रमितको तथ्यांक संकलनमा समेत कठिनाइ भएको छ ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयको विवरणभन्दा थप २ जना संक्रमित थपिएको बताएपछि संक्रमतिको संख्या प्रधानमन्त्री ओलीले जानकारी गराएभन्दा बढी रहेको पाइएको छ ।

झापाका प्रमूख जिल्ला अधिकारी उदयबहादुर रानामगरले भने झापा ९ जना संक्रमित थपिएको जानकारी जिल्ला स्वास्थ्य कार्यालयबाट प्राप्त भएको बताए ।

प्रजिअ रानामगरका अनुसार झापाको चेतनाकवलमा क्वारेन्टाइमा रहेकाहरुको कोरोना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु सबै भारतबाट आएको प्रजिअ रानामगरले खबरहबलाई बताए ।

तर स्वास्थ्य मन्त्रालयले थपिएका संक्रमितबारे सूचना सार्वजनिक नगर्दा आफुहरु समेत अन्यौलमा परेको बताए ।

‘जिल्ला स्वास्थ्य कार्यलयबाट झापामा ९ जना संक्रमित थपिए भनेर हामीलाई जानकारी आएको छ, तर केन्द्र सरकारले रिपोर्ट अझै सार्वजनिक गरेको छैन,’ प्रजिअ रानामगरले भने, ‘स्वास्थ्य मन्त्रालयले घोषणा नगरेसम्म हामीले पनि उनीहरुलाई संक्रमित थपिएको भन्ने वा नभन्ने अन्यौलमा छौं ।’

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १ : ४३ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत