विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने गृहकार्य सुरु « Khabarhub

विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने गृहकार्य सुरु


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य थालेको छ ।

कोभिड–१९ नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटी तयार गर्न थालेको हो ।

विदेशमा अलपत्र परेका नेपाली र क्वारेन्टाइनको मापदण्डका विषयमा छलफल गरी कार्ययोजना तयार गर्न मंगलबार समितिको सिंहदरबारमा बसेको बैठकले गृहकार्य थालेको जनाएको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिका सचिवसमेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीलाई ल्याउने विषयमा कार्ययोजना तयार गर्ने विषयमा गृहकार्य थालेको बताए ।

समितिको बैठकमा सातवटै प्रदेशसँग समन्वय गर्ने संघीय मन्त्रीहरूलगायतको विचार आइसकेकाले व्यवस्थित तरिकाले कसरी ल्याउन सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न लागिएको उनले बताए ।

उनले विदेशबाट नेपालीलाई फिर्ता ल्याउने कामलाई व्यवस्थित गर्दै संक्रमण फैलिन नदिने गरी क्रमशः ल्याउने ढंगको योजना बनाउने सोच रहेको जानकारी दिए ।

समितिको बैठकमा प्रदेश र स्थानीय तहमा बनेका क्वारेन्टाइनहरूलाई तोकिएको मापदण्डअनुसार व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको सचिव बिडारीले जानकारी दिए ।

क्वारेन्टाइनमा रहनेहरूको सुरक्षाको व्यवस्था, तथ्यांक राख्नेलगायतका काम नेपाली सेनाको उपस्थितिमा स्वास्थ्यकर्मीहरूको अगुवाइमा हुने गरी कार्ययोजना तयार गर्न लागिएको उनले बताए ।

यस्तै, क्वारेन्टाइनमा बस्नेहरूको बन्दोबस्तीको व्यवस्था, खानपिनको व्यवस्थामा संघीय सरकारको आर्थिक सहयोग हुने र सम्बन्धित स्थानीय तहले जिम्मा लिने गरी व्यवस्थापन गर्ने किसिमको कार्ययोजना आउने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  २ : ०३ बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा