कोरोना संक्रमण देखिएसँगै धादिङको जुँगेखोला क्षेत्र सिल « Khabarhub

कोरोना संक्रमण देखिएसँगै धादिङको जुँगेखोला क्षेत्र सिल


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- थाक्रे गाउँपालिका–८ स्थित जुँगेखोलामा बसोबास गर्ने एक व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उक्त क्षेत्र सिल (बन्द) गरिएको छ ।

जेठ ६ देखि ११ गतेसम्म पाँच दिनका लागि सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए । पूर्वमा धार्केखोला पुल, पश्चिममा आठकिला मोड, उत्तरमा महेश खोला र दक्षिणमा उडुवादेवी आधारभूत विद्यालयबीचको क्षेत्रलाई सिल गर्ने निर्णय भएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा थाक्रे गाउँपालिकामा जेठ ६ गते बसेको जिल्ला सुरक्षा समिति र स्थानीय जनप्रतिनिधिको बैठकले गाउँबाट कोही मानिस बाहिर जान नपाइने र भित्र आउन नपाइने गरी सिल गरिएको छ ।

बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ उपदफा २ बमोजिम जेठ ६ गतेदेखि ११ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । बैठकले उल्लिखित चार किल्ला क्षेत्रभित्र पूर्ण सिलबन्दी गर्ने, पूर्णरुपमा आवतजावत बन्द गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सुरक्षा व्यवस्था मिलाउने र आवश्यकताअनुसार नेपाली सेनाले भेइकल पेट्रोल गर्नेलगायत निर्णय गरेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिए ।

कोरोना सङ्क्रमित काठमाडौँको बागबजारमा व्यवसाय गरेर बस्ने गरेका थिए । उनी गत चैत ११ गते थाक्रेस्थित गाउँ आएर २८ गते काठमाडौँ नै फर्किएका थिए । गाउँको स्थानीय व्यक्तिलाई कोरोनाको सङ्क्रमण देखिएपछि अहिले थाक्रे–८ को जुँगेखोला क्षेत्रलाई जिल्ला सुरक्षा समितिले सिल गरेको छ । सङ्क्रमित व्यक्ति लामो समयसम्म गाउँमा बसेर काठमाडौँ गएकाले उनको सम्पर्कमा रहेका व्यक्तिलाई खोजतलास गर्नका लागि वडाअध्यक्ष, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली बनाइएको छ । कन्ट्र्याक ट्रेसिङ गरिएपछि सबैको कोरोना परीक्षण गरिने योजना रहेको छ ।

यसैगरी जेठ ५ गते धादिङबेँसीमा ११४, गजुरीमा ७५, गल्छीमा ३५ ज्वालामुखीमा ६ जनाको कोरोना द्रुत परीक्षण (आरडिटी) परीक्षण गरिएकामा धादिङबेँसीमा तीन र गजुरीमा तीन गरी ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाको स्वाब जम्मा गरी परीक्षणका लागि पठाइने छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई केन्द्रित गरी आरडिटी परीक्षण गरिएको हो । दोस्रोपटक आएको आरडिटी किट धादिङका १३ स्थानीय तहमा बाँडिएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ७ : ०८ बजे

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

चुनावपछि पहिलोपटक झापा–इलाम पुगे ओली, मिसन जनजागरण अभियान सुरु गर्ने

इलाम – फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा (एमाले) का

कास्कीका दुग्ध उत्पादक किसानलाई अनुदान

कास्की– गत आर्थिक वर्षमा सञ्चालित दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी टिकट काउन्टर थप

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमा सेवा प्रभावकारी,

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं–  उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च अदालत