नियमित ॐ उच्चारण गर्दा हुने फाइदा « Khabarhub

नियमित ॐ उच्चारण गर्दा हुने फाइदा


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ॐ यस्तो शब्दहो जसको कुनै न कुनै रुपमा सबै धर्म सम्प्रदायहरुमा प्रयोग भएको छ । हिन्दु, बौद्ध, जैन, सिखलगायत अनेक सम्प्रदायमा यस शब्दलाई अवतार पुरुषहरुले उच्च सम्मान दिएका छन् । ॐ शब्द नभएर एक प्रकारको चिन्ह पनि हो ।

भगवानले मनुष्यलाई दिएको अनुपम उपहार मानिन्छ, ॐ । ओमकारबाट नै ब्रह्माजीले अ देखि औसम्मका स्वर र क देखि ह सम्मका व्यंजन, ह्रस्व, दीर्घ आदिले युक्त वर्णमाला बनाएको विश्वास गरिन्छ । जसबाट चार वेदहरु प्रकट भए । यसरी सम्पूर्ण वेद ॐ को विस्तार मात्र हो भन्ने मान्यता छ ।

मानिसले हरबखत ॐ उच्चारण गरे कुनै पनि बाहिरी भय नहुने र बिघ्न हट्ने धार्मिक विश्वास छ । अझ एकाबिहानै उठेर ॐ उच्चारण गर्ने व्यक्तिलाई यसले शान्तिदिने र आनन्दको अनुभव गराउँद छ । ॐ उच्चारणले स्वास्थ्यमा पनि अनेकौ लाभ प्राप्त हुन्छ ।

ॐ उच्चारण गर्दा गलामा कम्पन उत्पन्न हुन्छ जसका कारण मेरुदण्डको हाड प्रभावित हुन्छ । दिनभरि कामगर्ने क्षमता यसबाट बढ्छ । यसले तपाईंलाई सक्रिय राख्ने काम गर्दछ । ॐ को उच्चारण गर्दै प्राणायाम गरेमा कमजोर फोक्सो पनि बलियो भएर जाने र दमको रोगमा समेत लाभ मिल्ने गर्दछ ।

निद्रा नलाग्ने समस्या भएका मानिसले ॐ जपेमा निन्द्रा लाग्दछ । ॐ को उच्चारणले तपाईंको शरीरलाई थकाइ लाग्दैन र शरीरमा स्फुर्ति उत्पन्न हुन्छ । ऊर्जाशील भएर व्यक्ति दिनभरि सक्रिय हुन्छ ।

ॐ उच्चारण गर्दा यसले शरीरमा पाचनक्रिया राम्रो बनाउँछ । मुटु र रक्तप्रवाहलाई पनि यसले राम्रो बनाउँछ । ॐ को जपगर्दा तनाव कमहुने र सोच्ने शक्तिकम हुन्छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ९ : २९ बजे

रास्वपा सांसदकै आक्रोश : सरकार गैरजिम्मेवार हुँदा खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले

‘सुरक्षाको अनुहार हेर्दै हाँसो लाग्ने’ भन्दै हमालले गरे ‘बडी सेमिङ’

काठमाडौं – विद्वान–समझदार कलाकारको छवि बनाएका महानायक राजेश हमाल नायिका

बालेनले त्यागे प्रोटोकल नमिल्ने तर्क, चस्मा खोलेर बढाए कूटनीतिक सक्रियता

काठमाडौं- सरकार गठनको चार महिनापछि प्रधानमन्त्री वालेन्द्र शाह कूटनीतिक भेटघाटमा

हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई बङ्गलादेशको आग्रह

एजेन्सी– बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई

त्रिपक्षीय रक्षा सम्झौताले क्षेत्रीय समीकरण बदल्ने इरानको दाबी

एजेन्सी– इरानले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच गत साता भएको