ट्रम्पको चुनावी अभियानको विज्ञापन फेसबुकबाट किन भयो ‘डिलिट’ ? « Khabarhub

ट्रम्पको चुनावी अभियानको विज्ञापन फेसबुकबाट किन भयो ‘डिलिट’ ?


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानको विज्ञापन हटाएको छ । चुनावी अभियानका लागि बनाइएको फेसबुक ग्रुपमा अस्वभाविक पोस्ट गरिएको भन्दै त्यस्ता पोस्ट र विज्ञापन फेसबुकले हटाएको हो ।

फेसबुकले आफ्नो विज्ञापन नीतिलाई ट्रम्पको चुनावी अभियानका लागि बनाइएको फेसबुक ग्रुपले उल्लंघन गरेको भन्दै एक्शन लिइएको बताएको छ।

फेसबुकका प्रवक्ता एण्डी स्टोनले ट्रम्पको चुनावी अभियानले संगठित रुपमा घृणा फैलाएकाले एक्शन लिइएको जानकारी दिएको सीएनएनले उल्लेख गरेको छ।

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुँदैछ। ट्रम्प दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्। ट्रम्पलाई चुनावमा सहयोग गर्ने उद्देश्यले बनाइएको समूहले संगठित रुपमा घृणा फैलाउने पोस्ट गरेको फेसबुकले जनाइको छ।

फेसबुक ग्रुपमा एन्टीफा नामको एक आतंकवादी समूहको प्रतिक चिन्हका रुपमा रहेको उल्टो त्रिभुज पोस्ट गरिएको थियो। फेसबुकले कुनै पनि संगठित घृणा फैलाउने कार्य आफ्नो नीतिविरुद्ध रहेको जनाएको छ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १० : ५९ बजे

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान सुरु

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य