कोरोनाविरुद्धको लडाईँबारे नेपाल र बीआरआई को-अप्रेशन मुलुकका परराष्ट्रमन्त्रीबीच छलफल « Khabarhub

कोरोनाविरुद्धको लडाईँबारे नेपाल र बीआरआई को-अप्रेशन मुलुकका परराष्ट्रमन्त्रीबीच छलफल


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ विरुद्धको लडाईँमा ऐक्यवद्धता र आपसी सहयोग बढाउने विषयमा बेल्ट एण्ड रोड इनिसियटिभ को अप्रेशन मुलुका विदेशमन्त्रीहरुबीच बिहीबार छलफल भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालका तर्फबाट सो उच्चस्तरीय छलफलमा भाग लिएको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ। यो उच्च स्तरीय भिडियो कन्फ्रेन्सको समन्वय चीनले गरेको थियो। चीनका विदेशमन्त्री वांग यीले सहभागीता जनाएका थिए।

छलफलमा बीआरआईमा आवद्ध विभिन्न २६ मुलुकका प्रतिनिधि, विश्व स्वास्थ्य संगठनका प्रमुख, यूएनडीपीका प्रशासक पनि सहभागी थिए। छलफलमा कोभिड १९ विरुद्धको लडाईमा बीआरआईमा आवद्ध मुलुकहरु एकजुट भएर लाग्नुपर्ने विषयमा जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बीआरआई आवद्ध राष्ट्रहरुबीच स्वास्थ्य सामग्री सप्लाई गर्ने, सहयोग आदानप्रदान गर्ने विषयमा पनि सहमति भएको छ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ११ : १४ बजे

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू

‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्य : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता