संक्रमित बढेपछि गन्यापधुरा गाउँपालिका सिल | Khabarhub Khabarhub

संक्रमित बढेपछि गन्यापधुरा गाउँपालिका सिल


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढेपछि सिल गरिएको छ।

बिहीबारदेखि असार १२ गतेसम्म गाउँपालिका सिल गरिएको हो। बिहीबार एकैदिन गन्यापधुरा गाउँपालिकामा मात्रै ५८ जनामा कोरोनाको संक्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए।

गाउँपालिकामा बिहीबार मात्रै ५८ जना कोरोना पोजिटिभको रिपोर्ट आएको थियो। योसँग गन्यापधुरामा कोरोना संक्रमितको संख्या ६३ पुगेको छ। यसअघि पाँचजना कोरोना संक्रमण पुष्टि भएको थियो।

ती पाँचजना १४ दिन अस्पतालको बसाइपछि घर फर्किसकेका छन्। उनीहरूमा कुनै पनि कोरोनाको लक्षण नदेखिएपछि घर पठाइएको हो। जिल्लामा अहिलेसम्म कोरोना पोजेटिभ आएकामध्ये आधा गन्यापधुरा गाउँपालिकाकै रहेका कारण सतर्कता अपनाउन गाउँपालिका सिल गरिएको अध्यक्ष मल्लले बताए।

सिल गरिएको अवधिमा स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कार्यालयहरू, बैंक र पसलसमेत असार १२ गतेसम्म बन्द रहने र आवश्यक काम बाहेकको अवस्थामा घरबाहिर कसैलाई ननिस्कन पनि गाउँपालिकाकावासीलाई गाउँपालिकाले आग्रह गरेको छ। साथै गाउँपालिकाले सवारीसाधन पनि नचलाउन भनेको छ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १ : ४६ बजे

एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु (तस्बिरहरू)

काठमाडौं– एएफसी एसियन कप छनोट र एक मैत्रीपूर्ण खेलका लागि

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

गुल्मी– गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

काठमाडौं– जाडोयाम सुरु भई सकेको छ । अहिले हरेक चोक,

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख