संक्रमित बढेपछि गन्यापधुरा गाउँपालिका सिल « Khabarhub

संक्रमित बढेपछि गन्यापधुरा गाउँपालिका सिल


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढेपछि सिल गरिएको छ।

बिहीबारदेखि असार १२ गतेसम्म गाउँपालिका सिल गरिएको हो। बिहीबार एकैदिन गन्यापधुरा गाउँपालिकामा मात्रै ५८ जनामा कोरोनाको संक्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए।

गाउँपालिकामा बिहीबार मात्रै ५८ जना कोरोना पोजिटिभको रिपोर्ट आएको थियो। योसँग गन्यापधुरामा कोरोना संक्रमितको संख्या ६३ पुगेको छ। यसअघि पाँचजना कोरोना संक्रमण पुष्टि भएको थियो।

ती पाँचजना १४ दिन अस्पतालको बसाइपछि घर फर्किसकेका छन्। उनीहरूमा कुनै पनि कोरोनाको लक्षण नदेखिएपछि घर पठाइएको हो। जिल्लामा अहिलेसम्म कोरोना पोजेटिभ आएकामध्ये आधा गन्यापधुरा गाउँपालिकाकै रहेका कारण सतर्कता अपनाउन गाउँपालिका सिल गरिएको अध्यक्ष मल्लले बताए।

सिल गरिएको अवधिमा स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कार्यालयहरू, बैंक र पसलसमेत असार १२ गतेसम्म बन्द रहने र आवश्यक काम बाहेकको अवस्थामा घरबाहिर कसैलाई ननिस्कन पनि गाउँपालिकाकावासीलाई गाउँपालिकाले आग्रह गरेको छ। साथै गाउँपालिकाले सवारीसाधन पनि नचलाउन भनेको छ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १ : ४६ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला