सुक्खा बन्दरगाहमा थन्किए विलासी गाडी « Khabarhub

सुक्खा बन्दरगाहमा थन्किए विलासी गाडी


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा गैरकानूनी रुपमा भित्रिएका विद्युतीय आठवटा विलासी गाडी थन्किएका छन् ।

ती गाडीहरु मगाउने व्यक्तिहरुले जरिवाना तिर्न नसक्दा १० महिनादेखि सो भन्सार कार्यालयमा थन्किएको हो । त्यस्ता गाडीमा ४० प्रतिशत जरिवाना तिरेर जाँचपास गराउन सक्ने व्यवस्था नयाँ वजेटले गरेको छ ।

आर्थिक ऐनमा गाडी उत्पादन गर्ने कम्पनीको आधिकारिक बिक्रेता नेपालमा नहुँदा व्यक्तिगत रुपमा आयातकर्ताले आयात गर्दा त्यसलाई गैरकानूनी मानिने रहेको छ ।

ती गाडीमा ४० प्रतिशत ड्युटी, ५० प्रतिशत एक्साइड र १३ प्रतिशत भ्याट लाग्ने भएकाले आयातकर्ताले ती गाडीहरु छुटाउन नसकेको सो कार्यालयका प्रमुख उमेश श्रेष्ठले बताए । यसैबीच वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको ११ महिनामा राजश्व संकलनमा रु ११ अर्ब घाटा बेहोर्नु परेको छ ।

कार्यालयका सूचना अधिकारी विमलकुमार साहका अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म एक खर्ब ७२ अर्ब ९० करोड ६२ लाख ४५ हजार राजश्व उठाउने लक्ष्य भएकोमा ६४ दशमलब ७१ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ८८ करोड ८५ लाख २३ हजारमात्र राजश्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  २ : ०१ बजे

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,