रत्यौलीमा पीपीई लगाएर नाँच (भिडियो) « Khabarhub

रत्यौलीमा पीपीई लगाएर नाँच (भिडियो)


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्सनल प्रोटेक्टिभ इक्प्युमेन्ट (पीपीई) भन्ने वित्तिकै जो सुकैले अनुमान गर्छन्, स्वास्थ्यकर्मीले कोरोनाको परीक्षण गर्न नमूना संकलन गर्दा, स्वास्थ्य जाँच तथा उपचारका लागि कोरोना संक्रमितको नजिक जानु पर्ने अवस्थामा प्रयोग गर्छन् । तर हामीले अनुमान गरेको भन्दा फरक खालको एउटा दृष्य सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ ।

जहाँ केही महिलाहरु गीत गाइरहेका छन् । भिडियो हेर्दा विहेको रत्यौली जस्तो देखिन्छ । जहाँ महिला पुरुषहरुको भीड छ । त्यहि भिडको बीचमा एकजना व्यक्ति गीतमा छमछम नाच्दै छन् । विवाहमा गीत गाउँनु, नाच्नु नौलो दृष्य होइन । तर, त्यो नाचले सबैको ध्यान तानेको छ ।

किनकी नाँच्ने व्यक्तिले कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दा, संक्रमितको स्वास्थ्य परीक्षण गर्दा संक्रमणबाट बच्न स्वास्थ्यकर्मीले प्रयोग गर्ने गरेको पीपीई लगाएका छन् ।

विभिन्न ठाउँका अस्पतालहरुमा अहिले पनि स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीई अभाव भएको कुरा आइरहेको छ । तर, त्यहा भने रत्यौलीमा एकव्यक्तिले पीपीई लगाएरै नाँचिरहेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको त्यो भिडियो आफ्नो फेसबुकमा सेयर गर्दै एकजना कृष्ण मोक्तान व्यंग्यात्मक रुपमा लेखेका छन्, “सरकार यसरी हुदै छ है पीपीईको सदुपयोग ।”

मोक्तानले उक्त भिडियो सामाजिक सञ्जाल टिकटकमा भेटेर सेयर गरेका खबरहबलाई बताए । स्वास्थ्यकर्मीका लागि पीपीई अभाव भइरहेको समस्या रत्यौलीमा पीपीईको दुरुपयोग हुनु गलत भएको उनले बताए ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ४ : १४ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र