राति १० बजेदेखि बिहान ५ बजेसम्म पैदल हिँड्न र सवारी चलाउन बन्देज « Khabarhub

राति १० बजेदेखि बिहान ५ बजेसम्म पैदल हिँड्न र सवारी चलाउन बन्देज


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ ।

सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल हिड्न र सवारी सञ्चालनमा समेत राति रोक लगाएको हो ।

सुरक्षा मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले  रातिको समयमा एक जिल्लाबाट अर्को जिल्लामा अनुमतिबिना प्रवेश गर्नेको संख्या बढेसँगै सुरक्षा जाँचमा थप कडाई गर्न निर्देशन दिएको छ ।

कोरोना संक्रमण विरुद्ध स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘हेल्थ प्रोटोकल’को पूर्ण रुपमा पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गर्दै यसलाई व्यवस्थित गर्न सुरक्षा मापदण्ड जारी गर्न गृहलाई निर्देशन दिएको थियो ।

सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरविजोर प्रणाली कायम गरिएको छ ।

मापदण्ड उल्लंघन गर्नेमाथि अत्यावश्यक सेवा ऐन २०१४, संक्रमक रोक रोकथाम तथा नियन्त्रण ऐन २०२०, मुलुकी अपराध संहिता २०७४, स्थानीय प्रशासन ऐन २०२८ र सरकारले जारी गरेका अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्न पनि निर्देशन दिइएको छ ।

यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधान पनि सुरक्षा मापदण्डमा उल्लेख गरिएको छ ।

कार्यस्थल, सार्वजनिकस्थल तथा अन्य काममा बाहिर निस्कँदा कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्न र नियम पालना गरे/नगरेको अनुगमन गर्न पनि सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।

यस्तै मालसामान ढुवानी गर्दा चालक र सहचालक बाहेक कसैलाई पनि बोक्न नपाइने व्यवस्था ल्याइएको छ । उद्योग/कलकारखानालगायत कार्यस्थलमा एक स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन पाइने छैन ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ६ : १५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको