हाम्रो नियन्त्रणमा भारतीय सैनिक छैनन् : चिनियाँ विदेश मन्त्रालय « Khabarhub

हाम्रो नियन्त्रणमा भारतीय सैनिक छैनन् : चिनियाँ विदेश मन्त्रालय


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चिनियाँ विदेश मन्त्रालयले पूर्वी लद्दाख क्षेत्रको गलवान उपत्यकामा भारतीय सेनासँग भएको झडपका क्रममा हराएका भनिएका कुनै पनि भारतीय सैनिक चिनियाँ सेनाको नियन्त्रणमा नरहेको बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले शुक्रबार चीन–भारत सीमाका बारेमा सोधिएको प्रश्नको जवाफमा भने , “चीनले कुनै पनि भारतीय सेनालाई नियन्त्रणमा लिएको छैन ।”

बिहीबार नै भारतीय विदेश मन्त्रालयले पनि गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा कुनै भारतीय सेना बेपत्ता नभएको स्पष्ट गरेको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले साप्ताहिक ब्रिफिङका क्रममा गलवान उपत्यकामा भारतीय सैनिकहरु बेपत्ता नभएको बताए ।  साथै भारतीय सेनाले समेत सबै भारतीय सैनिक सम्पर्कमा रहेको स्पष्ट गरेको छ ।

चिनियाँ र भारतीय सेनाबीच भएको भिडन्तमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो ।

लद्दाख क्षेत्रको सीमारेखालाई लिएर भएको द्विपक्षीय सम्झौतालाई दुबै पक्षले सम्मान गरेको अवस्थामा यस्तो दुर्घटना नहुने भारतीय पक्षको भनाइ छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ७ : १४ बजे

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण