एमसीसी सम्झौता रोक्न मिल्दैन : मन्त्री ज्ञवाली « Khabarhub

एमसीसी सम्झौता रोक्न मिल्दैन : मन्त्री ज्ञवाली


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी मिलेनियम कर्पाेरेशन सहायता परियोजना (एमसिसी) लामो समय रोकेर राख्न नमिल्ने बताएका छन् ।

शुक्रबार मन्त्रालयमा पत्रकारसँगको छलफलमा मन्त्री ज्ञवालीले नेपालको समग्र बाह्य सम्बन्धमा पर्ने प्रभाव र आर्थिक सहायता नीतिबारे सुविचारित रुपमा निर्णय गर्नुपर्ने बताउँदै संसद्ले यस्ता विषयलाई छलफल गराउन लामो समयसम्म रोकेर राख्न नमिल्ने बताएका हुन् ।

मन्त्री ज्ञवालीले विकास परियोजनाका विषयलाई पार्टीभित्रको विवादको विषय नबनाइएको भए उचित हुने धारणा राखे । उनले यो विषय बहसमा आइसकेको हुनाले अब चाँडै उचित निर्णयमा पुगिने जानकारी दिए।

उनले प्रश्न गरे, “बढाइचढाइ गरिएका कारण कतिपय विवाद उत्पन्न भएका हुन् कि ? एमसीसी परियोजना लागू भएका विश्वका कुन मुलुकमा अमेरिकी सेना गएको छ वा अमेरिकी सेना रहेको कुन कुन मुलुकमा एमसीसी परियोजना लागू भएको छ ?”

उनले बहसका पक्षहरूलाई राम्ररी सम्झौताको अध्ययन गरी धारणा बनाउनसमेत आग्रह गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १० : ५९ बजे

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं– नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन

दोस्रो पटक आमा बन्दै सोनम कपूर

काठमाडौं– बलिउड अभिनेत्री सोनम कपूर दोस्रो पटक आमा बन्ने भएकी

अमेरिकाबाट डिपोर्ट भएका ३५ मध्ये धेरै दाङ र रुकुमका, तिरेका थिए २ करोडसम्म

काठमाडौं- संयुक्त राज्य अमेरिकाबाट बुधबार नेलकडी र हतकडी लगाएर स्वदेश

सरकारविरुद्ध राँको बालेर सडकमा अनेरास्ववियु (तस्बिरहरू)

काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र