दुर्गेशले ‌ल्याए ‘बीच बीचमा ३’ (भिडियो) « Khabarhub

दुर्गेशले ‌ल्याए ‘बीच बीचमा ३’ (भिडियो)


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा गायक दुर्गेश थापाले ‘बीच बीचमा ३’ बजारमा ल्याएका छन् । केही हप्ताअघि ‘बीच बीचमा २’ सार्वजनिक गरेका दुर्गेशले यो गीत शनिवार युट्युबमार्फत रिलिज गरेका हुन् ।

तीजको भाकामा तयार पारिएको यो गीतमा नेपालको राजनीतिप्रति व्यङ्ग्य हानिएको छ । गीतमा ‘बेसार’ शब्दलाई पनि व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारले कोरोना निको हुने भनेर दिएको अभिव्यक्तिको आलोचना भइरहेका बेला ‘बेसार’ शब्द प्रयोग गरेर गीत रचना गर्न थालिएको छ ।

गीतको संगीत र लय बसन्त थापाले तयार पारेका हुन् भने दुर्गेश थापाले गाएका हुन् । यस्तै संगीत संयोजन कृष्ण बिकले गरेका हुन् ।

इनाक्षी इन्टरनेटमेन्टले तयार पारेको अडियो तथा भिडियोलाई काजिल श्रेष्ठले निर्देशन गरेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

भिडियोमा दुर्गेश थापाका अलावा जीबी चिरन, काजिस श्रेष्ठ, जीवन क्षेत्री, लोमस शर्मा, सन्तोष बानियाँ र प्रेम खड्काले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : ४२ बजे

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको