दुर्गेशले ‌ल्याए ‘बीच बीचमा ३’ (भिडियो) « Khabarhub

दुर्गेशले ‌ल्याए ‘बीच बीचमा ३’ (भिडियो)


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा गायक दुर्गेश थापाले ‘बीच बीचमा ३’ बजारमा ल्याएका छन् । केही हप्ताअघि ‘बीच बीचमा २’ सार्वजनिक गरेका दुर्गेशले यो गीत शनिवार युट्युबमार्फत रिलिज गरेका हुन् ।

तीजको भाकामा तयार पारिएको यो गीतमा नेपालको राजनीतिप्रति व्यङ्ग्य हानिएको छ । गीतमा ‘बेसार’ शब्दलाई पनि व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारले कोरोना निको हुने भनेर दिएको अभिव्यक्तिको आलोचना भइरहेका बेला ‘बेसार’ शब्द प्रयोग गरेर गीत रचना गर्न थालिएको छ ।

गीतको संगीत र लय बसन्त थापाले तयार पारेका हुन् भने दुर्गेश थापाले गाएका हुन् । यस्तै संगीत संयोजन कृष्ण बिकले गरेका हुन् ।

इनाक्षी इन्टरनेटमेन्टले तयार पारेको अडियो तथा भिडियोलाई काजिल श्रेष्ठले निर्देशन गरेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

भिडियोमा दुर्गेश थापाका अलावा जीबी चिरन, काजिस श्रेष्ठ, जीवन क्षेत्री, लोमस शर्मा, सन्तोष बानियाँ र प्रेम खड्काले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : ४२ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र