दिलीप कुमारले जब आफ्नै प्रेमिकाविरुद्ध बयान दिए « Khabarhub

दिलीप कुमारले जब आफ्नै प्रेमिकाविरुद्ध बयान दिए


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका ट्रयाजिडि किंग अर्थात दिलीप कुमारको जीन्दगी कुनै फिल्मको कथा भन्दा कम छैन । फिल्मी पर्दामा होस् चाहे असली जीन्दगीमा उनले सँधै विछोडका अनुभवहरु भोगे ।

दिलीपको निजी जीन्दगीको कुरा गर्दा बलिउडकी चर्चित अभिनेत्री मधुवालासंगको सम्बन्ध चर्चामा रहन्छ ।

सन् १९५१ रिलिज भएको हिन्दी फिल्म तरानाबाट दिलिप र मुधवालाले एकसाथ काम गरे ।

यहिबाट उनीहरुको मित्रता शुरु भयो । जो बिस्तारै प्रेममा बदलियो । मधुवाला दिलिपसंग विवाह गर्न चाहान्थिन् । तर भनिन्छ नि प्रेमको बाटो सहज हुदैन । सायद त्यसैले होला दिलीप र मधुवालाले प्रेममा निकै हण्डर भोगे ।

मधुवालाका परिवार यस सम्बन्धका लागी तयार थिएनन् । मधुवालाका पिता अताउल्लाह खान यस सम्बन्धको विरोधमा थिए । उनको विरोधका वाबजुद यि दुबैले बी.आर. चोपडाको फिल्म नयाँ दौरको सुटिङ थाले । यस फिल्ममा दिलीप र मधुवाला लीड रोलमा थिए ।

फिल्मको एक सुटिङका लागी दुबैले भारतको मध्य प्रदेश जानु पर्ने भयो । जसका लागी मधुवालाका पिता राजी थिएनन् । उनी दिलीपसंग जादाँ सम्बन्ध बढ्ने भन्दै यसको विरोधमा उत्रिए ।

सम्झौता पत्रका आधारमा बी.आर. चोपडाले सुटिङ स्पोट जान नचाहेकी मधुवालाका विरुद्धमा अदालतमा उजुरी दिए । अदालतमा पेशीका क्रममा दिलीपले बि.आर. चोपडाको पक्ष बयान दिए । अन्ततः मधुवालाले केश हार्ने भइन् ।

मधुवालाको पक्ष कमजोर भएका कारणले उनी जेल जाने सम्भावना समेत बनेको थियो । तर त्यसो हुन पाएन । मन ठुलो देखाउदै बि.आर. चोपडाले उजुरी फिर्ता लिए ।

तर यहि घटनाले दिलीप र मधुवालाको सम्बन्धलाई नराम्रो प्रभाव पार्यो । यी दुबैको सम्बन्ध बिग्रियो । मधुवाला चाहान्थिन् दिलीपले अदालतमा आफ्नो पक्ष लिउन् तर उनले बि.आर. चोपडाको पक्ष लिए । यता दिलिपका फ्यान उनको यहि कदमलाई सत्य मान्दै उनको प्रसंशक रहे ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : ४६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर