आदित्य चोपडाले भने – सुशान्तसँग कुनै नेपोटिज्म भएको थिएन « Khabarhub

आदित्य चोपडाले भने – सुशान्तसँग कुनै नेपोटिज्म भएको थिएन


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्याको कारण खोज्दै मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ । उनका नजिकका साथी तथा आफन्तसँग सोधपुछ गरिएको छ ।

केही बलिउडकर्मी सेलिब्रेटीलाई पनि यो केशमा सोधपुछ गरिएको छ । सुशान्तले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्ममाथि बहस पनि चर्केको छ ।

यसैबीच प्रहरीले बलिउडकर्मी आदित्य चोपडासँग पनि सोधपुछ गरेको छ । उनीसँग प्रहरीले झण्डै ४ घण्टा सोधपुछ गरेको हो ।

यो प्रकरणमा निर्देशक शेखर कपूरले आदित्य चोपडामाथि आरोप लगाएका थिए ।

आदित्यले फिल्म ‘पानी’ निर्माण गर्ने भनिएका बेला उनी कुनै डिप्रेसनमा नभएको बताएका छन् । उनले शेखर कपूरले लगाएको आरोप झुठो भएको दाबी गरेका छन् ।

यशराजले ‘पानी’ फिल्मका लागि सन् २०१३ को अप्रिलमा साइन गरेका थिए । साथै उनले सोधपुछका क्रममा सुशान्तसँग कुनै नेपोटिज्म या गुप्रिजम नभएको पनि बताएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ११ : ५८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने