विराज भन्छन् – राजेश हमाल महानायक « Khabarhub

विराज भन्छन् – राजेश हमाल महानायक


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमाललाई महानायक भन्ने कि नभन्ने भन्ने विषयमा केही समयदेखि बहस भइरहेको छ ।

कतिपयले उनलाई महानायक भन्नुपर्ने तर्क गरिरहेका छन् भने कतिले आफ्नो समयमा सम्झनलायक एउटा पनि राम्रो फिल्म नदिएको भन्दै महानायक भन्न नहुने टिप्पणी गरेका छन् ।

एक अन्तर्वार्ताका क्रममा निर्देशक तथा कलाकार दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै टिप्पणी गरेपछि उनको व्यापक विरोध भएको थियो । पछि उनले माफी माग्दै हमाललाई महानायक भनेकी थिइन् ।

यतिबेला अर्का अभिनेता विराज भट्टले केही समयअघि दिएको अन्तर्वार्तालाई लिएर हमालका फ्यानले विराजको प्रशंसा गरेका छन् । उनले अन्तर्वार्ताका क्रममा राजेश हमाललाई ‘महानायक’ भएको बताएका थिए ।

हमालका फ्यानले विराजको तारिफ गरेका हुन् ।

‘राजेश (हमाल) दाइले एक युग नै खानुभयो, उहाँ चलेन भनेर भन्न मिल्दैन,’ विराज भन्छन्, ‘उहाँले ३ दशक फिल्म क्षेत्रमा एकछत्र राज गर्नुभयो, उहाँलाई चलेन भन्नेले त्यति समय आफू चलेर देखाओस् न ।’

‘त्यसरी कुन चाहिँ हिरो चलेको छ र ? उहाँ एकदम सफल व्यक्तित्व हो, उहाँ महानायक हो,’ विराज भन्छन् । हमालले अहिले पनि फिल्म खेल्छु भन्ने हो भने उनलाई फिल्मको प्रस्ताव आउने पनि उनी बताउँछन् ।

‘उहाँजति अरु कोही चलोस् न अनि उहाँलाई असफल भनौंला, महानायक त्यत्तिकै बनाएको त होइन नि, विराज भन्छन् ।

‘युगदेखि युगसम्म’ फिल्मबाट अभिनय थालेका हमालले ३ दशकसम्म फिल्म क्षेत्रमा निरन्तर काम गरे । उनको भएपछि जस्तोसुकै फिल्म पनि सुपरहिट हुन्थ्यो ।

कतिपय निर्माता निर्देशकले त हमाललाई फिल्ममा खेलाउनकै लागि फिल्म निर्माण गर्ने गर्थे । पछिल्लो समय भने हमाल फिल्ममा खासै सक्रिय छैनन् ।

उनले अफर आएका फिल्ममा पनि काम गर्न चासो देखाएका छैनन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  २ : ३१ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन